श्री युवा वर्ष माध्यमिक विद्यालयमा १ लाख २५ हजारको अक्षय कोष स्थापना



ताप्लेजुङ । युवा वर्ष माध्यमिक विद्यालयमा १ लाख २५ हजार रुपैयाँको अक्षय कोष स्थापना भएको छ । स्व. बुबा शुक्रराज थलङ, स्व. आमाद्धय आइतरानी लावती र थरिमाया थेगिम थलङको स्मृतिमा छोरी ज्वाई धनमाया काङ्भा बोखिम थलङ र गंगा काङभा बोखिमले उक्त रकम बराबरको अक्षय कोष स्थापना गरिदिएका हुन् । 

आईतबार एक कार्यक्रमको आयोजना गरि अक्षय कोष स्थापना गरिएका विद्यालयका प्रधानाध्यापक चन्द्रमणी पौडेलले जानकारी दिनुभएको छ । यो सँगै उक्त कार्यक्रम मार्फत नै एक लाख बराबरको १८० थान किताब बोक्ने झोला वितरण सँगै १८० जना विद्यार्थीलाई खाजा खानका लागि नगद समेत प्रदान गरिएको हो । 

अक्षयदाता धनमाया थलङ काङभा बोखिम, विदुर विक्रम थलङ, सुमन थलङ र श्याम थलङको उपस्थितिमा अक्षय कोष स्थापना तथा झोला वितरण साथै सम्पूर्ण शिक्षकहरूलाई मायाको चिनो मार्फत सम्मान गरिएको विदुर विक्रम थलङले जानकारी दिनुभएको छ । 

यो सानो सहयोगले विद्यालयको गुणस्तरीय शिक्षा प्रदानमा मदत पुग्ने विश्वास राखेको उहाँको भनाई छ । यो सँगै विद्यालयका प्रधानाध्यापक पौडेलले दाताहरूलाई आभार सँगै धन्यबाट व्यक्त गर्नुभएको छ । 

प्रकाशित मिति : 8:16 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै