फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार) बाट कुनै पनि राजनीतिक दल, संघसंस्था, समूहले यातायात, शैक्षिक संस्था अबरोध तथा बन्द गर्न नपाउने भएका छन् । शुक्रबार भएको नगरपालिकाको ४५ औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको नगर प्रमुख अमिर मादेनका स्वकीय सचिव अञ्चल गुरुङले जानकारी दिनुभयो ।

नेपालीहरुको महान चाडपर्वहरु आउन लागेको साथै पाथीभराको सिजन सुरु भएकाले तीर्थयात्रीहरुको व्यवस्थापनमा सहजताका लागि साथै विद्यालय तथा शैक्षिक संघसस्थामा कुनै अवरोध नहोस भन्ने उद्देश्यले उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । उक्त निर्णय कार्यान्वयनका लागि प्रहरी प्रशासन साथै सम्बन्धित सबै पक्षलाई सहयोग गर्न नगरपालिकाले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : 8:46 pm

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित