फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार) बाट कुनै पनि राजनीतिक दल, संघसंस्था, समूहले यातायात, शैक्षिक संस्था अबरोध तथा बन्द गर्न नपाउने भएका छन् । शुक्रबार भएको नगरपालिकाको ४५ औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको नगर प्रमुख अमिर मादेनका स्वकीय सचिव अञ्चल गुरुङले जानकारी दिनुभयो ।

नेपालीहरुको महान चाडपर्वहरु आउन लागेको साथै पाथीभराको सिजन सुरु भएकाले तीर्थयात्रीहरुको व्यवस्थापनमा सहजताका लागि साथै विद्यालय तथा शैक्षिक संघसस्थामा कुनै अवरोध नहोस भन्ने उद्देश्यले उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । उक्त निर्णय कार्यान्वयनका लागि प्रहरी प्रशासन साथै सम्बन्धित सबै पक्षलाई सहयोग गर्न नगरपालिकाले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : 8:46 pm

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान