सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङद्धारा वन ऐन तथा नियमावली सम्बन्धी गोष्ठी सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङद्धारा वन ऐन तथा नियमावली सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । मंगलबार जिल्लाका सामुदायिक वनका उपभोक्तालाई वन ऐन तथा वन नियमावलीमा भएको व्यवस्थाबारे जानकारी गराउन जिल्ला महासङ्घले गोष्ठी गरेको हो ।
सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध रहेका उपभोक्तालाई नै वन ऐन तथा नियमावलीबारे जानकारी नहुँदा वन संरक्षण र व्यवस्थापनमा चुनौती देखिएपछि ऐन सम्बन्धी जानकारी प्रदान गर्न गोष्ठी गरिएको महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताउनुभयो ।
गोष्ठीमा जिल्लाका सबै पालिकास्तरीय सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधित्व रहनेगरी करिब २० वटा समूहका ४० जना उपभोक्ताको सहभागिता रहेको र तालिमको सहजिकरण महासङ्घका जिल्ला अध्यक्ष ओझा र एन्साब नामक संस्थाका वन अधिकृत आयुष भट्टराईले सहजीकरण गर्नुभएको छ ।

गोष्ठी वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको सहकार्यमा आयोजना गरिएको र उक्त गोष्ठीले ऐन तथा नियमावलीको बारेमा स्थानीयले जानकारी पाए वन विनाशलाई नियन्त्रण गरी जलवायु परिर्वतनलाई पनि न्युनिकरण गर्न सहयोग पुग्ने महासङ्घले विश्वास लिएको छ ।

प्रकाशित मिति : 9:01 pm

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप