ताप्लेजुङमा कृष्ण कंश लिला प्रदर्शन




रेडियो काबेली
ताप्लेजुङ । लाखे जात्राको अन्तिम दिन आज ताप्लेजुङमा कृष्ण कंश लिला प्रदर्शन गरिएको छ । नेपाल भाषा ताथा सांस्कृतिक समाज ताप्लेजुङको आयोजनामा कृष्ण कंश लिला प्रदर्शन गरिएको हो । कृष्ण कंश लिला श्रीकृष्ण्ले कंशलाई अन्त्य गरेको सम्झना हरेक वर्ष मनाउने गरिएको नेपाल भाषा ताथा सांस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शंकर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृष्ण कंश लिला प्रर्दशनसँगै लाखे सेलाउने कार्यक्रम विधिवत रुपमा हुन्छ र आजबाट लाखेनाचको अन्त्य हुन्छ ।

हिजो(सोमबार)पनि ताप्लेजुङमा कृष्ण जन्माष्टमीको दिन लाखेनाच प्रर्दशन गरिएको थियो । लाखेजात्राको अवसरमा एक महिना अघिबाट नेपाल भाषा ताथा सांस्कृतिक समाज ताप्लेजुङले गाईजात्रा, धान रोपाई सहित लाखेनाच, धिमे नाच साथै ठ्याक ठुके नाच लगायत विविध कार्यक्रम गरेको छ ।


त्यस्तै लाखे जात्राको अवसरमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको आयोजनामा च्याब्रुङ (केलाङ) र धाननाच (यालाङ) कार्यक्रम पनि सम्पन्न भएको छ । यस्ता कार्यक्रमले संस्कृतिको संरक्षण सँगै नयाँ पुस्तामा संस्कृतिको हस्तारण गर्न सहयोग समेत पु¥याउने गर्दछ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार २१:३९

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

ताप्लेजुङ, भदौ २७ गते । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक