पहिरो प्रभावित सहित ७ परिवारलाई प्रदेशसभा सदस्य खगेनसिं हाङगामको पहलमा आर्थिक सहयोग 



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका स्थित पहिरो प्रभावित सहित ७ परिवारलाई प्रदेशसभा सदस्य खगेनसिं हाङगामको पहलमा आर्थिक सहायता रकम प्रदान भएको छ । गएको असार अन्तिम तथा साउनको सुरुवाती समयमा अविरल वर्षा सँगै गएको पहिरोबाट विस्थापित बनेका फक्ताङलुङ गाउँपालिकाका २ का ६ परिवारलाई प्रदेशसभा सदस्य हाङगामको पहल एवम् ताप्लेजुङ युवा समाज हङकङको सहयोगमा मङ्गलबार आर्थिक रकम हस्तान्तरण गरिएको छ । 

पहिरोले घर सहित बगाएर निधन भएका फक्ताङलुङ गाउँपालिकाका रामबहादुर साम्राका आफन्तलाई १ लाख ८० हजार, पहिरोले विस्थापित बनेका सोही ठाउँका मिङ्मा तेन्जिङ शेर्पालाई १ लाख र अन्य घरमा क्षति पुगेका सम्भू शेर्पा, योगेन्द्र साम्रा साथै सन्तोष शेर्पालाई ११ हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिएको हो । 

यस्तै आठराई त्रिवेणी गाउँपालिका २ का मुटुको बिरामी विनिता र गंगा श्रेष्ठको उपचारार्थ ३० हजार रुपैयाँ सहयोग गरिएको हाङगामले बताउनुभयो । उक्त रकम नेपाली काँग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच प्रदेशसभा सदस्य हाङगाम, जिल्ला पार्टी सभापति गजेन्द्रप्रसाद तुम्याहाङले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । 

ताप्लेजुङ घर भई हङकङमा बसोबास गर्ने पिताम्बर थलङ, बेनु नेयोङ्हाङ, सुमन श्रेष्ठ, भरत हाङ्गाम र रमेश लिम्बूको सहयोग तथा समन्वयमा रकम सङ्कलन भएको थियो । उक्त रकम वितरणका क्रममा पार्टी सभापति तुम्याहाङले जिल्लामा प्राकृतिक विपत्तिका समयमा सहयोग जुटाउन पहल गर्दै आएकोमा प्रदेशसभा सदस्य हाङ्गाम सहित सहयोगी सबैलाई पार्टीका तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभयो । 
 

प्रकाशित मिति : 5:52 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो