पहिरो प्रभावित सहित ७ परिवारलाई प्रदेशसभा सदस्य खगेनसिं हाङगामको पहलमा आर्थिक सहयोग 



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका स्थित पहिरो प्रभावित सहित ७ परिवारलाई प्रदेशसभा सदस्य खगेनसिं हाङगामको पहलमा आर्थिक सहायता रकम प्रदान भएको छ । गएको असार अन्तिम तथा साउनको सुरुवाती समयमा अविरल वर्षा सँगै गएको पहिरोबाट विस्थापित बनेका फक्ताङलुङ गाउँपालिकाका २ का ६ परिवारलाई प्रदेशसभा सदस्य हाङगामको पहल एवम् ताप्लेजुङ युवा समाज हङकङको सहयोगमा मङ्गलबार आर्थिक रकम हस्तान्तरण गरिएको छ । 

पहिरोले घर सहित बगाएर निधन भएका फक्ताङलुङ गाउँपालिकाका रामबहादुर साम्राका आफन्तलाई १ लाख ८० हजार, पहिरोले विस्थापित बनेका सोही ठाउँका मिङ्मा तेन्जिङ शेर्पालाई १ लाख र अन्य घरमा क्षति पुगेका सम्भू शेर्पा, योगेन्द्र साम्रा साथै सन्तोष शेर्पालाई ११ हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिएको हो । 

यस्तै आठराई त्रिवेणी गाउँपालिका २ का मुटुको बिरामी विनिता र गंगा श्रेष्ठको उपचारार्थ ३० हजार रुपैयाँ सहयोग गरिएको हाङगामले बताउनुभयो । उक्त रकम नेपाली काँग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच प्रदेशसभा सदस्य हाङगाम, जिल्ला पार्टी सभापति गजेन्द्रप्रसाद तुम्याहाङले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । 

ताप्लेजुङ घर भई हङकङमा बसोबास गर्ने पिताम्बर थलङ, बेनु नेयोङ्हाङ, सुमन श्रेष्ठ, भरत हाङ्गाम र रमेश लिम्बूको सहयोग तथा समन्वयमा रकम सङ्कलन भएको थियो । उक्त रकम वितरणका क्रममा पार्टी सभापति तुम्याहाङले जिल्लामा प्राकृतिक विपत्तिका समयमा सहयोग जुटाउन पहल गर्दै आएकोमा प्रदेशसभा सदस्य हाङ्गाम सहित सहयोगी सबैलाई पार्टीका तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभयो । 
 

प्रकाशित मिति : 5:52 pm

ताप्लेजुङ गोल्डकप : उद्घाटन खेलमा आयोजक र भारतबीच प्रतिष्पर्धा हुने

ताप्लेजुङ, भदौ १२ गते । शुक्रबारबाट सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण

भोटेकोशी नदीमा ताप्लेजुङका पाँच जना बेपत्ता 

ताप्लेजुङ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान

ताप्लेजुङ गोल्डकपको तयारी पुरा

ताप्लेजुङ, भदौ ११ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

पाथिभरा बहुमुखी क्याम्पसका नौ जना विद्यार्थीलाई छात्रवृति

ताप्लेजुङ, भदौ ११ गते । ताप्लेजुङस्थित पाथिभरा बहुमुखी क्याम्पसले विभिन्न

ताप्लेजुङमा सवारी जाँच कडाइ

ताप्लेजुङ, भदौ ११ गते । ताप्लेजुङमा सवारी जाँचलाई कडाइ गरिएको