ताप्लेजुङ गोल्डकप : आज पहिलो सेमिफाइनल खेल, ताप्लेजुङ र मोरङ भिड्दै



ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछन् । गत भाद्र ३ गतेदेखि सुरु भएको प्रतियोगितामा आज सेमिफाइनलको पहिलो खेल हुन लागेको हो । 

पहिलो खेलमा संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र सगरमाथा युथ क्लब मोरङबीच प्रतिष्पर्धा हुदैछ । दुवैटोली आजको खेल जित्दै फाइनलको यात्रा सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिने तयारीमा रहेका छन् । ताप्लेजुङले पाहुना टीम भारत सिलगुडीको कञ्चनजङ्घा फुटबल क्लवलाई ७–५ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

यस्तै मोरङले रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लवलाई १–० गोलले पछि पार्दै सेमिफाइनलमा ताप्लेजुङसँगको भिडन्त पक्का गरेको थियो । ताप्लेजुङको टिममा शतप्रतिशत खेलाडी जिल्ला भित्रकै रहेका छन् । खेलाडी उत्पादनलाई विशेष प्राथमिकतामा राखेर जिल्ला भित्रकै खेलाडीहरूलाई प्रशिक्षण प्रदान गरि बाहिरको खेलाडी समावेश नगरिएको प्रशिक्षक डिके मादेनले बताउनुभयो । 

मोरङमा समेत करिब ९० प्रतिशत खेलाडी जिल्ला भित्रकै रहेको प्रशिक्षक युबेन गुरुङले बताउनुभएको छ । आजको खेल समेत निर्धारित समय दिउँसोको ठीक साढे दुई बजेबाट नै सुरु हुने आयोजकले जनाएको छ । सेमिफाइनलका दुई ओटा खेलका लागि टिकट दर दुई सय रुपैयाँ निर्धारण गरिएको छ ।

भदौ १० गते हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ०६:३९

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक