ताप्लेजुङ गोल्डकप : आज पहिलो सेमिफाइनल खेल, ताप्लेजुङ र मोरङ भिड्दै



ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछन् । गत भाद्र ३ गतेदेखि सुरु भएको प्रतियोगितामा आज सेमिफाइनलको पहिलो खेल हुन लागेको हो । 

पहिलो खेलमा संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र सगरमाथा युथ क्लब मोरङबीच प्रतिष्पर्धा हुदैछ । दुवैटोली आजको खेल जित्दै फाइनलको यात्रा सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिने तयारीमा रहेका छन् । ताप्लेजुङले पाहुना टीम भारत सिलगुडीको कञ्चनजङ्घा फुटबल क्लवलाई ७–५ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

यस्तै मोरङले रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लवलाई १–० गोलले पछि पार्दै सेमिफाइनलमा ताप्लेजुङसँगको भिडन्त पक्का गरेको थियो । ताप्लेजुङको टिममा शतप्रतिशत खेलाडी जिल्ला भित्रकै रहेका छन् । खेलाडी उत्पादनलाई विशेष प्राथमिकतामा राखेर जिल्ला भित्रकै खेलाडीहरूलाई प्रशिक्षण प्रदान गरि बाहिरको खेलाडी समावेश नगरिएको प्रशिक्षक डिके मादेनले बताउनुभयो । 

मोरङमा समेत करिब ९० प्रतिशत खेलाडी जिल्ला भित्रकै रहेको प्रशिक्षक युबेन गुरुङले बताउनुभएको छ । आजको खेल समेत निर्धारित समय दिउँसोको ठीक साढे दुई बजेबाट नै सुरु हुने आयोजकले जनाएको छ । सेमिफाइनलका दुई ओटा खेलका लागि टिकट दर दुई सय रुपैयाँ निर्धारण गरिएको छ ।

भदौ १० गते हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : 6:39 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित