ताप्लेजुङ गोल्ड कपमा तेश्रो दिन १ लाख ४० हजार बढीको टिकट बिक्री 



ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कपको तेश्रो दिन बुधबार झण्डै डेढ लाख रुपैयाँको टिकट बिक्री भएको छ । बुटवल लुम्बिनी फुटबल क्लब रूपन्देही र सगरमाथा युथ क्लब मोरङबीचको खेल हेर्न १ हजार ४ सय ८ जना दर्शकले टिकट खरिद गरेका थिए । 

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार बुधबार १ लाख ४० हजार ८ रुपैयाँको टिकट बिक्री भएको छ । भदौ ३ गते देखि जारी रहेको प्रतियोगितामा पहिलो दिन २ लाख २० हजार, दोश्रो दिन १ लाख ३५ हजार रुपैयाँको टिकट बिक्री भएको समितिले जनाएको छ । हरेक दिन टिकटबाट सङ्कलन भएको रकम खेल समापन हुन साथ समितिले सार्वजनिक गर्दै आइरहेको छ । 

टिकट काटेर खेल हेर्न आउने दर्शकका लागि समितिले बिभिन्न ३ ओटा अफरहरू समेत प्रदान गरेको छ । दर्शकका लागि क्वार्टरफाईनलमा एक सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि २ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरेको छ । 

क्वार्टरफाईनलको अन्तिम दिन बिहीबार त्रिभुवन आर्मी क्लब र बिर्तामोड टुनाइट क्लबबीच प्रतिष्पर्धा हुँदैछ । गत वर्षको गोल्ड कपमा टिकटबाट मात्र करिब १९ लाख रुपैयाँ सङ्कलन भएको थियो । 

प्रकाशित मिति : 6:17 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो