ताप्लेजुङ गोल्डकपको तयारी पुरा, उद्घाटन खेलमा भोली सङ्घर्ष र सिलगुडी खेल्दै



रेडियो काबेली
ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको हो । भदौ ३ गते (भोली) देखि ताप्लेजुङको भानु जना माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुने गोल्डकप फुटबल प्रतियोगितामा समुह ‘ए’ अन्तरगतको सङ्घर्ष स्र्पोटिङ क्लब र भारत सिलगुडीको कञ्चनजङ्घा फुटबल क्लब बिच उद्घाटन खेल हुने भएको छ ।

लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङका अनुसार भदौ ४ गते समूह ‘बी’ मा रहेको पाँचथर फुटबल क्लब र सिराहाको सलहेश युवाक्लब बिच प्रतिस्पर्धा हुने भएको छ । यस्तै भदौ ४ गते रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लब र सगरमाथा युथ क्लब बिचको खेल सञ्चालन हुने छ । उक्त क्लबहरू समूह ‘ए’ मा रहेका छन् ।

भदौ ६ गते समूह ‘बी’ को त्रिभुवन आर्मी क्लब र बिर्तामोड युनाइटेड फुटबल क्लब झापा बिच भिडन्त हुने भएको छ । भदौ ७ गते पहिलो सेमिफाइनल र ८ गते दोस्रो सेमिफाइनल खेल सञ्चालन हुने अध्यक्ष गुरुङले बताउनु भयो । भदौ ९ गते एक दिन विश्राम पछि फाइनल खेल भने भदौ १० गते हुने उहाँको भनाई छ ।

खेल प्रतेक दिन दिउँसो २ः३० बजे देखि सुरु हुने छ । प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । आयोजकले प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ र खेल अवधि भरिका बिभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत नगद पुरस्कारको ब्यवस्था गरेको छ ।


त्यस्तै यसपटक खेलमा भाषण शुन्य गरिएको समितीले जनाएको छ । खेलको मुख्य प्रायोजकमा फुङलिङ नगरपालिका र गोर्खा ब्रुअरी प्रा.लि. काठमाडौँ रहेका छन् भने प्रायोजकमा जिल्ला समन्वय समिति, सिरिजङ्घा गाउँपालिका, पाथिभरा याङवरक गाउँपालिका, मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिदिङवा गाउँपालिका र सि.जि. ग्रुप नेपाल रहेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार १३:०४

साङक देछ्योलिङको ११ औँ वार्षिकोत्सवः फुटबल अन्तरगत सेमिफाईन चरणका खेल पुरा

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ

साङक देछ्योलिङको ११ ओैं वार्षिकोत्सव : हाजिरी जवाफमा भानुजन मावि प्रथम

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ

फुङ्फुङ्गे झरना पर्यटन महोत्वसब सुरु, पालिकाद्धारा २ दिन विदा

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिकामा शुक्रबारबाट फुङफुङ्गे झरना पर्यटन

कालिका माविमा प्रयोगात्मक शिक्षा अन्तरगत विभिन्न सिपमुलक कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका वडा नं. १

नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङको सभापतिमा ईन्द्र बहादुर गुरुङ

रेडियो कोबलीताप्लेजुङ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङ शाखाको सभापतिमा