विविध कार्यक्रमका साथ तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव सम्पन्न 



एलिना दियाली

ताप्लेजुङ । विविध कार्यक्रमका साथ तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव २०८१ सम्पन्न भएको छ ।ताप्लेजुङको पर्यटकीय क्षेत्र मिक्वाखोला– ५, तोक्पेगोलामा गत श्रावण २५ देखी सुरु भएको महोत्सव विविध कार्यक्रमका साथ २८ गते सम्पन्न भएको हो ।समुद्री सतह देखी ३ हजार ७ सय ४७ मिटर उचाइमा रहेको तोक्पेगोलामा खुल्ला वडा स्तरीय पुरुष भलिबल, पुरुष म्याराथन र पारास्यो खेल प्रतियोगिता समेत सम्पन्न भएको छ ।

महोत्सवमा शेर्पा जातीमा आधारित स्याब्रु नाच सार्थ द फ्लाईङ बि बोईङ डान्स सेन्टर ताप्लेजुङका कलाकारको नृत्य प्रस्तुती समेत भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका उप–प्रमुख भिमा देवी ओझा, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्की र उप– प्रमुख डण्डु लामा, प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य, जिल्ला प्रहरी ताप्लेजुङका डिएपी रवि रावल, दुर्गादल गुल्मका गुल्मपति बिक्रम खड्का,शशस्त्र प्रहरी बल नेपाल नं। १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डीएसपी नरेश मर्हजन, जिल्ला भलिबल संघ ताप्लेजुङका अध्यक्ष बिमल भण्डारी साथै जनप्रतिनिधि, स्थानीय एवं पत्रकारहरूको उपस्थिति रहेको थियो ।

महोत्सव सफल पार्न सहयोग गर्ने सहयोग दाता एवं सम्पूर्ण उपस्थित महानुभावहरूलाई महोत्सव मुल आयोजक समिति संयोजक एवं मिक्वाखोला ५ नं। वडा अध्यक्ष ग्यान्जे शेर्पाले धन्यवाद व्यक्त गर्नु भयो । त्यस्तै महोत्सवको आयव्यय छिटै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने आर्थिक विभाग संयोजक प्रताप साँबाले बताउनुभयो ।

महोत्सवको मुख्य आकर्षणको रुपमा भेडा, चौँरी प्रर्दशनी, जडिबुटी स्टल, ढोक्प्या साथै अन्य जातीको सांस्कृतिक जातीय झाँकी रहेको थियो । पर्यटन प्रवर्द्धन साथै स्थानीय संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा पुगेका महानुभावले सोदु पोखरी, साजु पोखरी, भुत पोखरी, तीन पोखरी लगायतका पोखरी तथा तालतलैयाको अवलोकन गरेको प्रचारप्रसार संयोजक नुपु छिरिङ ढोक्प्याले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिक्वाखोला क्षेत्रमा अवस्थित हिलिमा झरना, फुङफुङ्गे झरना लगायतका अन्य झरना, पदमचाल, बिखमा, पाँचऔँले, यार्सागुम्बा लगायतका जडिबुटी पाइने उर्वर भूमि साथै रेडपान्डा लगायत जङ्गली जनावरहरूको अवलोकन, चौरी पालन,भेडा पालन र घ्यु, छुर्पी उत्पादन क्षेत्र तथा खर्कको अवलोकन एवं पृथक पहिचान र मौलिक संस्कृतिका धनि ढोक्प्या जातिको भेषभुषा तथा संस्कृतिसँग साक्षात्कार गर्ने अवसर प्राप्त गरको संयोजक शेर्पाको भनाई रहेको छ ।

महोत्सवको हिमाली तोक्पेगोला युथ क्लब, मिक्वाखोला– ५ पापुङको आयोजनामा भएको थियो भने मिक्वाखोला गाउँपालिका र ५ नं वडा कार्यालय पापुङले मुख्य प्रायोजन गरेको थियो । त्यस्तै महोत्सवको सह– आयोजकको रुपमा तोक्पेगोला समाज सेवा समिति जिल्ला कार्यसमिति ताप्लेजुङ, ढोक्प्या छेसी सञ्चालक समिति, पापुङ, तोक्पेगोला याक तथा भेडा कृषक समुह पापुङ र ढोक्प्या किदुक न्युयोर्क रहेको थियो । 

तोक्पेगोला भलिबलको उपाधि दमकलाई 

ताप्लेजुङको मिक्वाखोला भएको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका– १ झापाले जित्न सफल भएको छ । २८ गते भएको फाईनल खेलमा मेरिङदेन–२ सान्थाक्रालाई ३ – २ को सेटमा पराजित गर्दै दमक– १ ले उपाधि जित्न सफल भएको हो । वेस्ट अफ फाइभ अनुसार खेलाइएको खेलमा पहिलो सेट सान्थाक्राले २५–२१ ले जित्न सफल भएको थियो भने दोस्रो सेट दमकले २५– १६ ले जितेको थियो ।

त्यस्तै तेस्रो सेट सान्थाक्राले २६– २४ ले जितेको थियो भने चौथो सेट दमकले २५–१६ ले जिते सँगै खेल पाँचौ सेट तर्फ धकेलिएको थियो । पाँचौ सेटमा दमकले १७ – १५ ले सान्थाक्रालाई पछि पार्दै उपाधी चुम्न सफल भएको हो । उपाधिसँगै दमकले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, तिन वर्षे रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सान्थाक्राले ७१ हजार १ सय ११ रुपैयाँ, तिन वर्षे रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

२६ गतेबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेल मिक्वाखोला ५ आयोजक सेतो र फुङलिङ नगरपालिका ८ बिच भएको थियो । उक्त खेलमा फुङलिङ– ८ आयोजक सेतोलाई २१– २५, २५– २० र २५– १७ गरि २–१ को सेटमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो खेलमा पाथीभरा याङवरक– १, नाङखोल्याङ आयोजक रातोलाई २५– १० र २५– १४ गरी २– ० को सोझो सेटमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने मेरिङदेन– ६ नाल्बु मिक्वाखोला– ४ साँबालाई २५– २३, २६– २४ गरी २ –० को सोझो सेटमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै फुङलिङ–६ फक्ताङलुङ–६ लेलेपलाई २५–२०,२२– २५ र २५– २० गरी २–१ को सेटमा पराजित क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने हिलिहाङ– १, पाँचथर पाथीभरा याङवरक– ६ थुम्बेदिनलाई १९– २५,२५–८ र २५– १८ गरि २– १ को सेटमा पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको थियो ।

त्यस्तै सिदिङ्वा–३ आङ्खोप र सङ्खुवासभा बिचको खेल हुने टाई सिट भएपनि सङ्खुवासभाको भलिबल टोली नआएको पछि आङ्खोप सिधै क्वाटर फाईनलमा प्रवेश गरेको थियो भने मिक्वाखोला–३ लिवाङ र दमक बिच भएको खेलमा दमक लिवाङलाई २५–१८ र २५–१४ गरि २–० को सोझो सेटमा पराजित गर्दे क्वाटर फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै अन्तिम क्वाटर फाईनल खेल सिरिजंघा–५ पेदाङ र सान्थाक्रा बिच भएको थियो भने उक्त खेलमा सान्थाक्रा २५–१३ र २५–१७ गरि २–० को सोझो सेटमा पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको थियो ।

पहिलो क्वाटर फाईनल खेल नाल्बु र नाङ्खोल्याङ बिच भएको थियो । उक्त खेलमा नाङ्खोल्याङ २५–१८ र २५–११ गरी २–० को सोझो सेटमा नाल्बुलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो क्वाटर फाईनल खेलमा फुङलिङ– ८ फुङलिङ– ६ लाई २६– २८, २५– २२ र ३०– २८ गरी २– १ सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको थियो भने दमक हिलीहाङ लाई २५–१० र २५–२१ गरी २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको थियो । त्यस्तै सान्थाक्रा २५–२१ र २५–२३ को सोझो सेटमा आङ्खोपलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको थियो ।

त्यस्तै पहिलो सेमिफाईनल खेलमा दमक नाङखोल्याङलाई २५–१४ र २५–२० गरी २–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो भने सान्थाक्रा फुङलिङ–८ लाई २५–२० र २५–२१ गरि २–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा बेस्ट प्लेयर दमकका सुमन राना मगर बन्नु भएको थियो भने उहाँले नगद ५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको थियो ।

त्यस्तै बेस्ट स्पाईकर सान्थाक्राका सेसेहाङ नाल्बो, वेस्ट ब्लकर दमकका पुकार तामाङ, वेस्ट सेटर दमकका भुवन कटुवाल र वेस्ट सर्भर दमककै ज्वोति प्रकाश मगर बन्नु भएको थियो । उहाँहरुले समान नगद २÷२ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो । ताप्लेजुङको पर्यटकीय क्षेत्र मिक्वाखोला गाउँपालिका– ५ तोक्पेगोलामा भएको तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव २०८१ को अवसरमा आयोजित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा जिल्ला भित्र र बाहिरका गरी १५ वटा टीमको सहभागित रहेको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार अमेरिका निवासी सन्तोष शेर्पाले प्रायोजन गर्नुभएको खेल संयोजक दावा नुपु शेर्पाले जानकारी दिनुभयो । सर्वाधिक उचाईमा भएको भलिबल प्रतियोगिता भनेर आयोजकले दाबी गरेको प्रतियोगितामा जिल्ला अस्पताल ताप्लेजुङको स्वास्थ्य टोलीको साथमा भलिबल प्रतियोगिता संचालन गरिएको थियो ।

खेल राष्ट्रिय रेफ्रि र्थक कुमार चोङबाङ ९दिवस०, प्रादेशिक रेफ्रि अशोक आङबुहाङ, बसन्त कुमार राई र तारा मगरले सञ्चालन गर्नु भएको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय रेफ्रि चोङबाङले भलिबल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताउनुभयो ।

म्यारथन प्रतियोगितामामैवाखोलाका प्रकाश लिम्बू भए प्रथम 

तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको अवसरमा सञ्चालन भएको खुल्ला हाफ म्याराथन प्रतियोगितामा मैवाखोला गाउँपालिका वडा नं. ६ का प्रकाश लिम्बू प्रथम हुनु भएको छ ।

यस्तै प्रतियोगिताको दोस्रो मेरिङदेन गाउँपालिका वडा नं. ४ लिङ्तेपका बिया लिम्बू र फक्ताङलुङ गाउँपालिका लिङखिमका रमेश लिम्बू तेस्रो हुनुभएको छ ।

म्याराथनका प्रथम, दोस्रो र तेस्रोले क्रमश ३० हजार २० हजार, १० हजार सहित प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा १८ जना धावकले भाग लिएका थिए ।

पारास्योतर्फ मिङमा शेर्पा भए प्रथम 

महोत्सवको अवसरमा खेलाईएको तिब्बतीयन संस्कृतिमा आधारित पारास्यो प्रतियोगितामा मिक्वाखोला गाउँपालिकाका वडा नं. ५ का मिङमा शेर्पा प्रथम हुनु भएको छ । त्यस्तै सोही वडाका आईत बिर साँबा द्धितिय हुनु भएको छ ।

प्रथम हुनु भएका शेर्पाले नगद १५ हजार र प्रमाण पत्र प्राप्त गर्दा द्धितिय हुनु भएका साँबाले नगद १० हजार र प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।

पुरस्कार तथा सम्मान

महोत्सवमा भएको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गर्नु भएका अमेरिका निवासी सन्तोष शेर्पालाई आयोजकले सम्मान गरेको छ । महोत्सवको उद्धघाटन कार्यक्रममा शेर्पालाई प्रशंसा पत्रले सम्मान गरेको हो ।

पुरुष भलिबल तर्फको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैँया शेर्पाले प्रायोजन गर्नु भएको थियो । उहाँको सहयोगी कार्यको मुल्याङ्कन गरि सम्मान गरिएको खेल संयोजक दावा नुपु शर्पाले जानकारी दिनुभयो ।

त्यस्तै महोत्सवलाई सफल बनाउन नगद ५५ हजार ५ सय ५५ रुपैँया सहयोग गर्नु भएका तोक्पेगोला समाज सेवा समिति जिल्ला कार्यसमिति ताप्लेजुङका अध्यक्ष नुपु छिरिङ ढोक्प्या र आर्थिक सहयोग गरेबापत ढोक्प्या किदुक अमेरिका अध्यक्ष लाक्पा शेर्पालाई समते प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै महोत्सवमा स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा प्रवाह गरेकोमा जिल्ला अस्पताल ताप्लेजुङ र नृत्य प्रस्तुती गरेको द फ्लाईङ बि बोईङ डान्स सेन्टर ताप्लेजुङलाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

जिल्ला अस्पताल ताप्लेजुङद्वारा स्वास्थ्य शिविर सञ्चालन

ताप्लेजुङको पर्यटकीय क्षेत्र मिक्वाखोला– ५ तोक्पेगोलामा भएको तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव २०८१ मा जिल्ला अस्पताल ताप्लेजुङले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यही श्रावण २५ देखी २८ गतेसम्म भएको महोत्सवमा चारै दिन स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा सामान्य स्वास्थ्य परिक्षण सेवा ७५ जना, पाठेघरको मुखको क्यान्सर परिक्षण ५ जना र लामो समयको परिवार नियोजन ईम्प्लान्ट राख्ने सेवा एक जना महिलाले लिएको जिल्ला अस्पतालका हेल्थ असिस्टेन्ट खगेन्द्र निरौलाले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको समन्वयमा जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरिटेन्डेन्ट डा. ओम प्रकाश थापा मगर, हेल्थ असिस्टेन्ट निरौला, सि अनमी मनकुमारी कार्की, स्टाफ नर्स तनुजा मेहता र सहयोगी कर्मचारी इन्द्र बुढाथोकीले सेवा प्रवाह गर्नु भएको थियो ।

३ हजार ७ सय ४७ मिटर उचाइमा रहेको तोम्पेगोलामा पुगेका पर्यटक एवं विभिन्न प्रतियोगितामा सहभागी खेलाडीलाई मध्यनजर शिविर सञ्चालन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा।ओम प्रकाश थापा मगरले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल ताप्लेजुङद्धारा वृक्षरोपण 

शशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्मद्धारा पर्यटकीय क्षेत्र तोक्पेगोलामा वृक्षरोपण कार्यक्रम गरेको छ । गत श्रावण २५ गतेदेखी २८ गतेसम्म भएको तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवमा तैनाथ सशस्त्र प्रहरीको टोलीले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त क्षेत्रको प्राकृतिक पर्यावरणलाई थप टेवा पुगोस भन्ने उद्देश्यले सुनपाती, धुपी र सल्लाको १५० वटा वृक्षरोपण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वाटरकञ्चनजंघा गुल्मका सशस्त्र प्रहरी नायब निरीक्षक जिवन पतङवाले जानकारी दिनुभयो । वृक्षरोपण कार्यक्रममा शशस्त्र प्रहरीको टोली, जिल्ला समन्वय समिती प्रमुख छिरिङ लामा, जनप्रतिनिधि, नेपाल प्रहरी साथै स्थानीयको सहभागीता रहको थियो ।

साथै शसस्त्र प्रहरीको टोलीले ३ हजार ७ सय ४७ मिटर उचाईमा रहेको तोम्पेगोलामा जाने पर्यटक एवं खेलाडीलाई स्वास्थ्य साथै अन्य सेवा समेत प्रदान गरेको थियो । उद्धघाटन कार्यक्रममा शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डिएसपि नरेश मर्हजन समेत तोक्पेगोला पुग्नु भएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार २१:४२

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै

हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन, कञ्चनजङ्घामा एक करोड बढी संकलन

फुङ्लिङ । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको

फक्ताङलुङको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍यायो, सयौँ परिवार प्रभावित 

ताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा

इलाममा भेटियो कालो चितुवा

ताप्लेजुङ,भदौ १७ गते । सूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन

सुनको मूल्य २ लाख ५ हजार नाघ्यो 

ताप्लेजुङ, भदौ १६ गते । सोमबार सुनको मूल्य थप बढेको