तोक्पेगोला महोत्सवमा जिल्ला अस्पताल ताप्लेजुङद्वारा स्वास्थ्य शिविर सञ्चालन




एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङको पर्यटकीय क्षेत्र मिक्वाखोला– ५ तोक्पेगोलामा भएको तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव २०८१ मा जिल्ला अस्पताल ताप्लेजुङले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यही श्रावण २५ देखी २८ गतेसम्म भएको महोत्सवमा चारै दिन स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा सामान्य स्वास्थ्य परिक्षण सेवा ७५ जना, पाठेघरको मुखको क्यान्सर परिक्षण ५ जना र लामो समयको परिवार नियोजन (ईम्प्लान्ट) राख्ने सेवा एक जना महिलाले लिएको जिल्ला अस्पतालका हेल्थ असिस्टेन्ट खगेन्द्र निरौलाले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको समन्वयमा जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरिटेन्डेन्ट डा। ओम प्रकाश थापा मगर, हेल्थ असिस्टेन्ट निरौला, सि अनमी मनकुमारी कार्की, स्टाफ नर्स तनुजा मेहता र सहयोगी कर्मचारी इन्द्र बुढाथोकीले सेवा प्रवाह गर्नु भएको थियो ।

३ हजार ७ सय ४७ मिटर उचाइमा रहेको तोम्पेगोलामा पुगेका पर्यटक एवं विभिन्न प्रतियोगितामा सहभागी खेलाडीलाई मध्यनजर शिविर सञ्चालन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा। ओम प्रकाश थापा मगरले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविर सम्पन्न पछि सम्मान ग्रहण गर्दे जिल्ला अस्पतालको टोली

प्रकाशित मिति : 8:17 pm

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा

मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी