ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको इकाई कमिटी गठन



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को इकाई कमिटी गठन भएको छ । क्याम्पसमा आज एक कार्यक्रमका बिच राज गुरुङको अध्यक्षतामा २५ सदस्यीय इकाई कमिटी गठन भएको हो ।

क्याम्पस इकाई कमिटीको १२ औँ सम्मेलनबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज किरण लिङ्देनले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार समितिको उपाध्यक्षद्वयमा प्रकाश बिष्ट र निकिता लिम्बू, सचिवमा सुजन लिम्बू, सह-सचिवमा इक्सा लिम्बू र शान्तिला लिम्बू, कोषाध्यक्षमा शिक्षा घिमिरे सहित २५ सदस्यीय इकाई कमिटी चयन भएका हो । 

उक्त सङ्गठनको केन्द्रिय सम्मेलन नजिकिए सँगै विद्यार्थी सम्मेलन साथै कमिटी गठनलाई तिव्रता दिइएको केन्द्रिय सदस्य लिङ्देनको भनाई छ । अनेरास्ववियु क्रान्तिकारीले सदरमुकाम आसपासका शैक्षिक संस्थामा कमिटी गठनलाई निरन्तरता दिँदै आएको छ । सँगै पालिका स्तरका कमिटीलाई पनि छिटै सम्पन्न गर्ने तयारी भइरहेको लिङ्देनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार १३:२७

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट