ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको इकाई कमिटी गठन



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को इकाई कमिटी गठन भएको छ । क्याम्पसमा आज एक कार्यक्रमका बिच राज गुरुङको अध्यक्षतामा २५ सदस्यीय इकाई कमिटी गठन भएको हो ।

क्याम्पस इकाई कमिटीको १२ औँ सम्मेलनबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज किरण लिङ्देनले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार समितिको उपाध्यक्षद्वयमा प्रकाश बिष्ट र निकिता लिम्बू, सचिवमा सुजन लिम्बू, सह-सचिवमा इक्सा लिम्बू र शान्तिला लिम्बू, कोषाध्यक्षमा शिक्षा घिमिरे सहित २५ सदस्यीय इकाई कमिटी चयन भएका हो । 

उक्त सङ्गठनको केन्द्रिय सम्मेलन नजिकिए सँगै विद्यार्थी सम्मेलन साथै कमिटी गठनलाई तिव्रता दिइएको केन्द्रिय सदस्य लिङ्देनको भनाई छ । अनेरास्ववियु क्रान्तिकारीले सदरमुकाम आसपासका शैक्षिक संस्थामा कमिटी गठनलाई निरन्तरता दिँदै आएको छ । सँगै पालिका स्तरका कमिटीलाई पनि छिटै सम्पन्न गर्ने तयारी भइरहेको लिङ्देनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 1:27 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी