मैवाखोलाको मङ्मया खोलामा अवरुद्ध भएको सडक सुचारु 



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको मङ्मया खोलामा अवरुद्ध भएको सडक सुचारु भएको छ ।  गाउँपालिका केन्द्र साँघु र सदरमुकामसँग फुङ्लिङ जोड्ने मैवाखोला वडा न. २ र ३ को बिचमा पर्ने मङ्मया खोलामा अवरुद्ध भएको सडक तीन दिन पछि सुचारु भएको हो । 

साउन १६ गते राती आएको बाढीले खोला किनार आसपास सडकको भाग बगाउँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । पालिकाको निरन्तर प्रयास पछि साउन १९ गते बेलुका तीन दिन पछि उक्त सडक सुचारु गर्न सफल भएको हो । 

खोलामा आएको बाढी पहिरोका कारण यो सडक सँगै पालिका केन्द्र सँग जोड्ने वडा न. ४, ५ र ६ को बाँकी सडकमा पनि सवारी साधन आवतजावत ठप्प भएको छ । अवरुद्ध सडकहरू खोलाउन केही समय लाग्ने मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय वनेमले जानकारी दिनुभएको छ । 

अहिले बर्खा याम भएकोले पानी परि रहने भएका कारण खोलामा बाढी आइ रहने र बनाएको केही समयमै सडक पुन बाढीले बगाउने भएकाले अहिलेलाई खोला किनारमा अस्थाई बाटो निर्माण गरिएको उहाँले बताउनुभएको छ । उहाँका अनुसार पानी पर्न कम हुन साथ सबै अवरुद्ध सडकहरू क्रमश सुचारु गरिदै लगिने छ । 

प्रकाशित मिति : 12:58 am

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय

घर जलेको साथीका परिवारलाई लिटलवुद्धका विद्यार्थी र शिक्षकको सहयोग

फुङलिङ, कात्तिक १८ गते । आगलागीमा घर गुमाएको साथीका परिवारलाई