पाथीभरा बहुमुखी क्याम्पसको पोसाक परिवर्तन, भाद्र १ गतेबाट नलगाए क्याम्पस प्रवेश गर्न नपाइने 



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसको पोसाक परिवर्तन भएको छ । केही समयअघि बसेको क्याम्पस सञ्चालक समितिको बैठकको निर्णयबाट क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूको पोसाक परिवर्तन गरिएको हो ।

जस अनुसार सर्ट हल्का निलो, पेन्ट गाढा निलो, कोट गाढा निलो र कुर्ता सुरुवालको हकमा कुर्ता हल्का निलो सुरुवाल साथै सल कालो रङको तोकिएको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तोकिएको पोसाकमा क्याम्पस नआएमा भाद्र १ गतेबाट विद्यार्थीहरूलाई क्याम्पस प्रवेशमा रोक समेत लगाइने भएको छ ।   

 यो भन्दा अगाडि सेतो सर्ट, कालो पेन्ट तथा सेतो कुर्ता कालो सुरुवाल र सल प्रयोगमा रहेको थियो । क्याम्पसको शैक्षिक गुणस्तर सँगै सबैलाई एकरूपता कायम गर्ने उद्देश्यको साथ पोसाक परिवर्तन गरिएको सञ्चालक समितिका अध्यक्ष गजेन्द्र प्रसाद तुम्याहाङको भनाई छ । तर अधिकांश विद्यार्थीहरू भने पोसाकको मूल्य चर्को भएका कारण सञ्चालक समितिको उक्त निर्णय प्रति असन्तुष्ट देखिएका छन् । 

‘पुरुषको हकमा त पोसाक तयार पार्न झण्डै ९ हजार रुपैयाँ लाग्छ, फेरी विद्यार्थी सँग पैसा पनि त हुँदैन, क्याम्पसले एक पटक छलफल गरेको भए हुने थियो, एक विद्यार्थीले भने ।’ यता क्याम्पस प्रकाशनले भने हरेक क्याम्पसको आ-आफ्नै नीति नियम हुने भएकाले तोकिएको पोसाकमा आउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १२:३०

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय