पाथीभरा बहुमुखी क्याम्पसको पोसाक परिवर्तन, भाद्र १ गतेबाट नलगाए क्याम्पस प्रवेश गर्न नपाइने 



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसको पोसाक परिवर्तन भएको छ । केही समयअघि बसेको क्याम्पस सञ्चालक समितिको बैठकको निर्णयबाट क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूको पोसाक परिवर्तन गरिएको हो ।

जस अनुसार सर्ट हल्का निलो, पेन्ट गाढा निलो, कोट गाढा निलो र कुर्ता सुरुवालको हकमा कुर्ता हल्का निलो सुरुवाल साथै सल कालो रङको तोकिएको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तोकिएको पोसाकमा क्याम्पस नआएमा भाद्र १ गतेबाट विद्यार्थीहरूलाई क्याम्पस प्रवेशमा रोक समेत लगाइने भएको छ ।   

 यो भन्दा अगाडि सेतो सर्ट, कालो पेन्ट तथा सेतो कुर्ता कालो सुरुवाल र सल प्रयोगमा रहेको थियो । क्याम्पसको शैक्षिक गुणस्तर सँगै सबैलाई एकरूपता कायम गर्ने उद्देश्यको साथ पोसाक परिवर्तन गरिएको सञ्चालक समितिका अध्यक्ष गजेन्द्र प्रसाद तुम्याहाङको भनाई छ । तर अधिकांश विद्यार्थीहरू भने पोसाकको मूल्य चर्को भएका कारण सञ्चालक समितिको उक्त निर्णय प्रति असन्तुष्ट देखिएका छन् । 

‘पुरुषको हकमा त पोसाक तयार पार्न झण्डै ९ हजार रुपैयाँ लाग्छ, फेरी विद्यार्थी सँग पैसा पनि त हुँदैन, क्याम्पसले एक पटक छलफल गरेको भए हुने थियो, एक विद्यार्थीले भने ।’ यता क्याम्पस प्रकाशनले भने हरेक क्याम्पसको आ-आफ्नै नीति नियम हुने भएकाले तोकिएको पोसाकमा आउन आग्रह गरेको छ ।

प्रकाशित मिति : 12:30 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ