ताप्लेजुङ गोल्ड कपको गीत तथा भिडियो सार्वजनिक (भिडियो सहित)



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कपको गीत तथा भिडियो सार्वजनिक भएको छ । आज फुङलिङ बजारको सिटिहलमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त ताप्लेजुङ गोल्डकपको गीत तथा भिडियो भएको हो ।

गीतमा ताप्लेजुङका ५ सहित ८ जना गायक गायिकाको स्वरमा रहेको छ । पूर्वकै प्रतिष्ठित गोल्डकपको रुपमा परिचित खेललाई गीत सङ्गीतको माध्यमबाट थप प्रचार प्रसार गर्ने उद्देश्यका साथ गीत तयार पारिएको निर्माणकर्ता तथा गायक महेश सिवाले बताउनुभयो । 

लाखेजात्रा सञ्चालन समितिको समन्वयमा गीत तथा भिडियोलाई विमोचन गरिएको छ । गोल्डकपको आफ्नै गीत समेत तयार भएकाले यसले थप खेलको उचाइलाई बढाउने आयोजकले विश्वास लिएका छन् ।

गीतमा ताप्लेजुङमै जन्मिएका प्रसिद्ध गायकहरू दीपक लिम्बू, पदम राई, भिम लिम्बू, साहिल लिम्बू र सिवा स्वयम्‌को पनि स्वर रहेको छ । यस्तै गीतमा अन्य चर्चित गायक प्रताप दास, गायिकाहरू रोजिना बस्नेत र ससिका राईले समेत साथ दिएका छन् ।

डिपि खनालको शब्द रहेको गीतमा देवेस राईको संगीत संयोजन रहेको छ । गीतको स्लोगन लाखेजात्रा संचालक समितिका अध्यक्ष देवराज गुरुङको रहेको  छ । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो दामी क्रिएसनले सम्पादन गरेको हो । यस गीतको भिडियो एसएम इन्टरटेनमेन्ट नाईन्टिन नाईटि सिक्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गायक सिवाले यसअघि ‘बदनाम भएर’, ‘माया लाउँ कि नलाउँ जस्ता गीत सार्वजनिक गरिसक्नु भएको छ । त्यस्तै उहाँले तत्कालै ‘मायामा जित’ पनि सार्वजनिक गर्ने तयारी गरिरहनु भएको बताईएको छ ।

सार्वजनिक भिडियो

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार ११:१२

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन