क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान



एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै हाईड्रो कम्पनीका गाडी सञ्चालन पुर्ण रुपमा बन्दको आह्वान गरेका छन् । पालिकाको वडा नं. २ आम्बेगुदिनमा शुक्रबार स्थानीयले चक्र बहादुर खड्काको अगुवाईमा छलफल गरि बिजय खड्काको संयोजकत्वमा १ सय सदस्य माग सरोकार समिती निर्माण गर्दै माग सम्बोधन नभएसम्म पिश ईनर्जी कम्पनीद्धारा सञ्चालित काबेली हाईड्रो सहित सम्पुर्ण हाईड्रोका गाडी पुर्ण रुपमा बन्द गरिएको जनाएका हुन् । यदी मागको वेवास्ता गरि बल प्रयोग गरि गाडी सञ्चालन गरेमा सो घटनाको जिम्मेवारी हाईड्रो पावर कम्पनी स्वयंले लिनुपर्ने माग सरोकार समितीले जनाएको छ ।

छलफलमा स्थानीयले गत असार २५ गते घर लडेर पुरिँदा गम्भिर घाईते भएका खेमराज अधिकारीको उपचार एवं जिवन रक्षाको लागि १० लाख रुपैँया र अन्य ५ जनालाई जनही एक लाख रुपैँया दिनुपर्ने माग गर्ने निर्णय गरेका छन् । त्यस्तै आयोजनाका कारणले ब्लाष्ट गर्दा घर, सडक एव। अन्य भौतिक संरचनामा हुने क्षतीको क्षतिपुर्ती हाईड्रोपावर कम्पनिले स्थानीयलाई बुझाउनुपर्ने, स्थानीय सडकको मर्मत सम्भार गरिनुपर्ने लगायत माग राखेका छन् । हाईड्रो पावर कम्पनीले सम्पुर्ण संरचनागत भौतिक एवं मानवीय क्षतिको एवं समस्याको आवश्यकता अुनसार समाधान गर्न माग सरोकार समितीले पहल गर्ने जनाएको छ ।
पालिकाको वडा नं. २ आम्बेगुदिनमा पिश ईनर्जी कम्पनीद्धारा निर्माणाधिन २८।१ मेगावाटको काबेली जलबिधुत् आयोजना निर्माणको कारणले गर्दा स्थानीयको घर भत्किएर ६ जना घाईते भएको भन्दै स्थानीयले कम्पनीलाई क्षतीपुर्ति माग गर्दै पत्र पठाएका थिए । पत्रमा ठुला ठुला मालबाहक गाडीहरु ओहोरदोहोर गरेका कारणले विस्तारै घर कटान गर्दै गरेकोमा असार २५ गते पुर्ण रुपमा घर भत्किएको र उक्त क्षतीपुर्ति हाईड्रोपावर कम्पनीले दिनुपर्ने कुरा उल्लेख गरिएको थियो । साथै पत्र अनुसार माग सम्बोधन नभए चरण बन्द आन्दोलनमा जाने कुरा पनि पत्रमा रहेको थियो तर उक्त पत्रको कुनै सुनुवाई नगरेकोले यो कदम चाल्न पुगेको माग सरोकार समितीका सदस्य राजेन्द्र कुँबरले बताउनुभयो ।


गाउँपालिकामा निर्माणाधिन काबेली सहितका अन्य हाईड्रोबाट पालिकाको आम्बेगुदिन अति प्रभावित क्षेत्र भएकोले पनि यहाँका स्थानीयले उचित क्षतीपुर्ति पाउनुपर्ने माग सरोकार समितीको भनाई छ । गत असार २५ गते आम्बेगुदिन हप्पुखोला बस्तीमा घर भत्किँदा सोही ठाउँका ४३ खड्ग बाँनिया, बाँनियाकी श्रिमती ३८ वर्षिय जानुका बाँनिया, ३० वर्षका सुविना बाँनिया, वर्ष २८ का खेमराज अधिकारी, वर्ष ५३ की तिलमाया वि।कं र १० वर्षिय बालक रोहित वि।क। गरि ६ जना घाईते भएका थिए ।

हाल बेलायतमा बसोबास गर्दै आउनुभएका प्रेम बहादुर राईको घर हाल आम्बेगुदिनका सुमन लिम्बुले बन्धकीमा लिनुभएको घर दुईतले घर खेतालाले खाजा खाई रहेको बेला भत्किएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ जनाएको छ । हाईड्रोका अत्याधिक धेरै सामान र भारी बोक्ने मालबाहक गाडी सडकमा हिड्दा र सुरुङ ब्लाष्ट गर्दा उक्त घर सहित अन्य क्षती भएकोले निर्माण कम्पनीले क्षतीपुर्ति दिनुपर्ने माग राख्दै आएका छन् ।

हेर्नुस छलफलका प्रस्ताव एवं निर्णयहरु:

यस अघि क्षतीपुर्ति माग गरिएको निवदेन हेर्नुस :

प्रकाशित मिति : 4:17 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा