सर्पले डस्दा ताप्लेजुङको पाथीभरा याङवरकमा एक घाईते




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा सर्पले डस्दा एक जना घाईते हुनुभएको छ । घाईते हुनेमा पालिकाको वडा नं. १ नाखोल्याङ सुबेवाका ५२ वर्षीय भिम बहादुर राई रहनु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिनुभयो ।


उहाँका अनुसार राईलाई साउन ४ गते साँझ घर नजिकैको बारीमा काम गरेर फर्किने क्रममा सर्पले डसेको थियो । गाउँमा उपचार सम्भव नभएपछि साउन ५ गते जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएकोमा जिल्ला अस्पतालमा पनि उपचार सम्भव नभएपछि सोमबार ( आज) सर्प दंश उपचार केन्द्र चारआली रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 7:15 am

घरेलु तथा साना उद्योगको आर्थिक सहयोगमा आईटी एकेडेमीबाट ६० जना दीक्षित

ताप्लेजुङ, असार १४ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

सामर्थय फाउन्डेसनद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

ताप्लेजुङ, असार १४ गते । सामर्थय फाउन्डेसनले ताप्लेजुङमा उत्कृष्ट विद्यार्थी,

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड