फक्ताङलुङका बाढी पहिरो पीडितलाई गाउँपालिका र रेडक्रसद्वारा राहत वितरण



एलिना दियाली
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहत वितरण गरिएको छ । गाउँपालिका र जिल्ला रेडक्रस सोसाइटी संयुक्त रुपमा राहतका सामाग्री वितरण गरेका हुन् । गाउँपालिकामा बिहीबार राती आएको बाढी र पहिरोले विस्थापित भएको एक परिवार र अन्य उच्च जोखिममा रहेको १९ घरलाई अति आवश्यकीय राहत सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले जानकारी दिनुभयो ।

विस्थापित सुवास लाबुङको परिवारलाई भाडा वर्तन, लत्ता कपडा लगायत सम्पूर्ण आवश्यक सामाग्री र उच्च जोखिममा रहेका घरलाई त्रिपाल, म्याटेस, साबुन  लगायतका सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । साथै उहाँले विस्थापित भएका परिवार  र उच्च जोखिममा भएका परिवारलाई पुन निर्माणका लागि आर्थिक सहयोग गर्ने कार्यका लागि प्रक्रिया चली रहेको र चाँडै उक्त रकम हस्तान्तरण गरिने बताउनुभयो ।

बिहीबार राति गाउँपालिकाको माथिबाट आएको बाढी र पहिरोले पालिकाको भवनमा लेदो र हिलो पस्दा पालिकाको सभाहलमा क्षति पुगेको थियो । साथै पहिरोले गाउँपालिकाको केन्द्र तापेथोकका सुवास लिम्बुको घरमा क्षति हुन गई चौपाया बगाएको र उहाँको १० जनाको परिवार विस्थापित हुनुका साथै वडा नं.४ विपुधापका ३ घर, वडा नं.५ सिसावाका ४ घर र वडा ६ साँघुका १० घर उच्च जोखिममा परेका थिए ।

गाउँपालिकामा जेठ ३१ गते राती र त्यसपछि पनि अविरल वर्षा सँगै आएको बाढी र पहिरोले तमोर नदीसहितको खोलामा लगाइएको पाँच ओटा अस्थायी पुल बाढीपहिरोले बगाएपछि  फक्ताङलुङ गाउँपालिकामा जेठ अन्तिम साता देखी अहिले सम्म नियमित रुपमा सवारी साधन सञ्चालन हुन सकेको छैन ।

अविरल वर्षासँगै गएको बाढी र पहिरोले फक्ताङलुङ गाउँपालिकामा अवस्थित तमोर नदीको छिरूवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात नियमित रुपमा सञ्चालन हुन नसकेको हो । तापेथोक स्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका –१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका –३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुई ओटा काठेपुल पनि बाढीले बगाएको छ ।


बाढी र पहिरोले पुल बगाएपछि  आवश्यक सामाग्री लान सिस्ने खोलामा गाउँपालिकाको गाडी पारी नै र फुङलिङबाट गएको गाडी वारी नै रहेपनि पहिरोमा मानिसले बोकेर आवश्यक सामाग्री लैजाने वैकल्पिक बाटोको प्रयोग गर्ने गरिएको पालिका अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । जेठ ३१ गते राती नै आएको पहिरोले गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन) का बुबा, कान्छी आमा सहित जुम्ल्याहा बहिनीलाई बगाउँदा चारैजनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : 2:22 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम