पाथीभरा पदमार्ग क्षेत्रका यातायात व्यवसायीहरू र सवारी चालकहरूसँग अन्तरक्रिया सम्पन्न 



ताप्लेजुङ । पाथीभरा पदमार्ग क्षेत्रका यातायात व्यवसायीहरू र सवारी चालकहरूसँग एक दिने अन्तरक्रिया गोष्ठी कार्यक्रम शनिबार सम्पन्न भएको छ । सिभिल इन्जिनियर स्व. बिनोद सुब्बा सिरिङ चोङ्बाङ स्मृति प्रतिष्ठानको आयोजना र पाथीभरा क्षेत्र विकस समितिको प्रायोजनमा उक्त अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । तीर्थयात्रुप्रति कसरी सदभाव राख्दै सहज र सरल तरिकाले तिर्थयाटन गराउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनु भयो ।

साथै उहाँले चालकले सह चालकले कुटपिट खाने साथै तीर्थयात्रीले पनि दुर्व्यवहार भएको गुनासो गर्ने गरेकाले यस्ता समस्या आगामी दिनमा दोहोर्‍याउनका लागि सबैले लाग्नु पर्ने बताउनुभयो । तीर्थयात्रीलाई शिष्टाचार र सभ्य भाषाको प्रयोग गर्न यातायात व्यवसायीलाई कार्यकारी निर्देशक हाङबाङले आग्रह गर्नुभयो ।

प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख कृष्ण लिङ्खिम ताप्लेजुङको होटेल एवं यातायात व्यवसायी राम्रा रहेछन् ताप्लेजुङबासीको संस्कार संस्कृति राम्रो रहेछ भन्ने वातावरण बनाउनको लागि सबैजना लाग्नु पर्ने आवश्यकता औँल्याउँनु भयो । कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्रमुख दीपक न्यौपानेले सवारी सम्बन्धी हुने दुर्घटना सम्बन्धी दण्ड र सजाय सम्बन्धी कानुनी व्यवस्था बारेमा जानकारी गराउनु भएको थियो ।

त्यस्तै पूर्वाञ्चल यातायात काउन्टरका सञ्चालक प्रेम लङ्वाले जिल्लाको सबै भन्दा बढी यातायात सञ्चालन हुने क्षेत्र नै पाथीभरा क्षेत्र भएकाले चालकले ध्यान दिनु आवश्यक रहेको साथै सुकेटार देखि काफ्‌लेपाटी क्षेत्रको सडक जोखिम भएका कारण त्यसको समाधान गर्न क्षेत्र विकासको ध्यानाकर्षण गराउनु भयो । पाथीभरा क्षेत्र विकास समितिका सदस्य चेतराज घिमिरेले पाथीभरा क्षेत्रमा जाने सडक कालोपत्र गर्न जिल्लाका जनप्रतिनिधिले चासो नदिएको गुनासो गर्नु भयो ।

प्रकाशित मिति : 1:10 pm

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)