पाथीभरा पदमार्ग क्षेत्रका यातायात व्यवसायीहरू र सवारी चालकहरूसँग अन्तरक्रिया सम्पन्न 



ताप्लेजुङ । पाथीभरा पदमार्ग क्षेत्रका यातायात व्यवसायीहरू र सवारी चालकहरूसँग एक दिने अन्तरक्रिया गोष्ठी कार्यक्रम शनिबार सम्पन्न भएको छ । सिभिल इन्जिनियर स्व. बिनोद सुब्बा सिरिङ चोङ्बाङ स्मृति प्रतिष्ठानको आयोजना र पाथीभरा क्षेत्र विकस समितिको प्रायोजनमा उक्त अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । तीर्थयात्रुप्रति कसरी सदभाव राख्दै सहज र सरल तरिकाले तिर्थयाटन गराउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनु भयो ।

साथै उहाँले चालकले सह चालकले कुटपिट खाने साथै तीर्थयात्रीले पनि दुर्व्यवहार भएको गुनासो गर्ने गरेकाले यस्ता समस्या आगामी दिनमा दोहोर्‍याउनका लागि सबैले लाग्नु पर्ने बताउनुभयो । तीर्थयात्रीलाई शिष्टाचार र सभ्य भाषाको प्रयोग गर्न यातायात व्यवसायीलाई कार्यकारी निर्देशक हाङबाङले आग्रह गर्नुभयो ।

प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख कृष्ण लिङ्खिम ताप्लेजुङको होटेल एवं यातायात व्यवसायी राम्रा रहेछन् ताप्लेजुङबासीको संस्कार संस्कृति राम्रो रहेछ भन्ने वातावरण बनाउनको लागि सबैजना लाग्नु पर्ने आवश्यकता औँल्याउँनु भयो । कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्रमुख दीपक न्यौपानेले सवारी सम्बन्धी हुने दुर्घटना सम्बन्धी दण्ड र सजाय सम्बन्धी कानुनी व्यवस्था बारेमा जानकारी गराउनु भएको थियो ।

त्यस्तै पूर्वाञ्चल यातायात काउन्टरका सञ्चालक प्रेम लङ्वाले जिल्लाको सबै भन्दा बढी यातायात सञ्चालन हुने क्षेत्र नै पाथीभरा क्षेत्र भएकाले चालकले ध्यान दिनु आवश्यक रहेको साथै सुकेटार देखि काफ्‌लेपाटी क्षेत्रको सडक जोखिम भएका कारण त्यसको समाधान गर्न क्षेत्र विकासको ध्यानाकर्षण गराउनु भयो । पाथीभरा क्षेत्र विकास समितिका सदस्य चेतराज घिमिरेले पाथीभरा क्षेत्रमा जाने सडक कालोपत्र गर्न जिल्लाका जनप्रतिनिधिले चासो नदिएको गुनासो गर्नु भयो ।

प्रकाशित मिति : 1:10 pm

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान