ताप्लेजुङमा एम्बुलेन्स गाडी तोडफोड गर्ने ३ जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा एम्बुलेन्स गाडी तोडफोड गर्ने तिन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्लाको फुङलिङ नगरपालिका वडा नं. २ मा पार्किङ गरि राखेको फक्ताङलुङ गाउँपालिकाको प्र. १–०२–००१ झ ०८११ नम्बरको एम्बुलेन्स गाडीको साउन ३ गते राती झ्यालको सिसा फुटाई चालक विनोद लिम्बुलाई समेतगाली गलौज गरी अभद्र व्यवहार गरेर फरार रहेका तिन जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एंव प्रहरी नायव निरीक्षक कमल कुमार लुङ्गलीका अनुसार पक्राउ पर्नेमा जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं.३ लिवाङका ३१ वर्षीय कुमार शेर्पा, फुङलिङ नगरपालिक वडा नं. २ का २७ वर्षीय अर्जुन वाईबा र मेरिङदेन गाउँपालिका वडा नंं. ३ खाम्लुङका ३६ वर्षिय फुर्वा छिरिङ शेर्पा रहेका छन् ।

उनीहरुलाई साउन ४ गते (आज) फुङलिङ नगारपाकिला वडा नं.५ बिरेन्द्र चोकबाट पक्राउ गरि जिल्ला प्रशासन कर्यालय ताप्लेजुङबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरी निरीक्षक लुङ्गेलीको भनाई छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १३:४२

मैवाखोला गाउँपालिकाका १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी

फुङलिङ नगरपालिका शुक्रबार शोक बिदा दिने 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिने

मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई मात्र बजेटमा समावेश गर्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई

५ हजार ७ सयले बढ्यो सुनको मूल्य

 ताप्लेजुङ । सुनको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिन