ताप्लेजुङमा एम्बुलेन्स गाडी तोडफोड गर्ने ३ जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा एम्बुलेन्स गाडी तोडफोड गर्ने तिन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्लाको फुङलिङ नगरपालिका वडा नं. २ मा पार्किङ गरि राखेको फक्ताङलुङ गाउँपालिकाको प्र. १–०२–००१ झ ०८११ नम्बरको एम्बुलेन्स गाडीको साउन ३ गते राती झ्यालको सिसा फुटाई चालक विनोद लिम्बुलाई समेतगाली गलौज गरी अभद्र व्यवहार गरेर फरार रहेका तिन जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एंव प्रहरी नायव निरीक्षक कमल कुमार लुङ्गलीका अनुसार पक्राउ पर्नेमा जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं.३ लिवाङका ३१ वर्षीय कुमार शेर्पा, फुङलिङ नगरपालिक वडा नं. २ का २७ वर्षीय अर्जुन वाईबा र मेरिङदेन गाउँपालिका वडा नंं. ३ खाम्लुङका ३६ वर्षिय फुर्वा छिरिङ शेर्पा रहेका छन् ।

उनीहरुलाई साउन ४ गते (आज) फुङलिङ नगारपाकिला वडा नं.५ बिरेन्द्र चोकबाट पक्राउ गरि जिल्ला प्रशासन कर्यालय ताप्लेजुङबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरी निरीक्षक लुङ्गेलीको भनाई छ ।

प्रकाशित मिति : 1:42 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि