फक्ताङलुङमा बाढी पहिरोले गाउँपालिकाको सेवा प्रवाहमा समस्या, ८ घरमा क्षती १० घर उच्च जोखिममा



एलिना दियाली

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा गएराति आएको बाढी र पहिरोले सेवा प्रवाहमा समस्या भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरो गाउँपालिकामा पसेपछि आजबाट सेवा प्रवाभित बनेको हो । गाउँपालिकाको माथिबाट आएको बाढी र पहिरोले पालिकाको भवनमा लेदो र हिलो पसेको र पालिकाको सभाहलमा क्षती पुगेको पालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ पालिकाको माथिबाट पहिरो र बाढी सहितको लेदो पालिका पस्दा मानवीय क्षति नभएपनि सभाहलमा क्षती पुगेको छ भने पालिकाको भवन आसपास लेदो र हिलो अत्याधिक पसेका कारण सेवा प्रवाह गर्न सक्ने स्थिती छैन । आज हिलो सरसफाई र पहिरो पन्छाउने काम बिहान बाट भईरहेको छ साँझ सम्म सकियो भने भोलिबाट सेवा प्रवाह हुन्छ । आज सेवा प्रवाह गर्न नसकेकोमा क्षमा प्रार्थी छौँ।”

साथै उहाँले उक्त पहिरोले सुवास लिम्बुको घरमा क्षती हुन गई चौपाय बगाएको र उहाँको १० जनाको परिवार विस्थापित भएकोले सुरक्षित स्थानमा स्थानान्तरणको काम भई रहेको बताउनुभयो । त्यस्तै गएराति आएको बाढी पहिरोले पालिकाको वडा नं. ४ विपुधापका ३ घरमा क्षती पुगेको एक पुर्ण विस्थापित र दुई घरमा आंशिक क्षती पुगेको स्थानीय राजिव मावोहाङले जानकारी दिनुभयो । त्यस्तै गरि वडा नं. ५ सिसावाका ४ घर विस्थापित भएको र वडा ६ साँघुका १० घर उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष लिम्बुले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एव्म प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीका अनुसार सोही पहिरोको कारण तमोर करिडोर अन्तरगत ओलाङचुङगोला जाने ५० मिटर सडक अवरुद्ध भएको छ भने सोही ठाउँमा तिनवटा विजुलीका पोलमा क्षती पुगेका कारण विधुत सेवा समेत अवरुद्ध भएको छ ।बिहानबाट नै प्रहरी र स्थानीयबाट राहत साथै उद्धारको काम भई रहेको र रेडक्रश लगायतका संस्थासँग समन्वय र सम्पर्क भईरहेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : 5:54 am

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत

प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरीलाई 

ताप्लेजुङ, पुष २० गते । प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी

षड्यन्त्रमा देश फसेको छ : छितिज थेबे 

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा

स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन : योगेश भट्टराई

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले