फक्ताङलुङमा बाढी पहिरोले गाउँपालिकाको सेवा प्रवाहमा समस्या, ८ घरमा क्षती १० घर उच्च जोखिममा



एलिना दियाली

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा गएराति आएको बाढी र पहिरोले सेवा प्रवाहमा समस्या भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरो गाउँपालिकामा पसेपछि आजबाट सेवा प्रवाभित बनेको हो । गाउँपालिकाको माथिबाट आएको बाढी र पहिरोले पालिकाको भवनमा लेदो र हिलो पसेको र पालिकाको सभाहलमा क्षती पुगेको पालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ पालिकाको माथिबाट पहिरो र बाढी सहितको लेदो पालिका पस्दा मानवीय क्षति नभएपनि सभाहलमा क्षती पुगेको छ भने पालिकाको भवन आसपास लेदो र हिलो अत्याधिक पसेका कारण सेवा प्रवाह गर्न सक्ने स्थिती छैन । आज हिलो सरसफाई र पहिरो पन्छाउने काम बिहान बाट भईरहेको छ साँझ सम्म सकियो भने भोलिबाट सेवा प्रवाह हुन्छ । आज सेवा प्रवाह गर्न नसकेकोमा क्षमा प्रार्थी छौँ।”

साथै उहाँले उक्त पहिरोले सुवास लिम्बुको घरमा क्षती हुन गई चौपाय बगाएको र उहाँको १० जनाको परिवार विस्थापित भएकोले सुरक्षित स्थानमा स्थानान्तरणको काम भई रहेको बताउनुभयो । त्यस्तै गएराति आएको बाढी पहिरोले पालिकाको वडा नं. ४ विपुधापका ३ घरमा क्षती पुगेको एक पुर्ण विस्थापित र दुई घरमा आंशिक क्षती पुगेको स्थानीय राजिव मावोहाङले जानकारी दिनुभयो । त्यस्तै गरि वडा नं. ५ सिसावाका ४ घर विस्थापित भएको र वडा ६ साँघुका १० घर उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष लिम्बुले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एव्म प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीका अनुसार सोही पहिरोको कारण तमोर करिडोर अन्तरगत ओलाङचुङगोला जाने ५० मिटर सडक अवरुद्ध भएको छ भने सोही ठाउँमा तिनवटा विजुलीका पोलमा क्षती पुगेका कारण विधुत सेवा समेत अवरुद्ध भएको छ ।बिहानबाट नै प्रहरी र स्थानीयबाट राहत साथै उद्धारको काम भई रहेको र रेडक्रश लगायतका संस्थासँग समन्वय र सम्पर्क भईरहेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : 5:54 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन