उपाध्यक्ष डा.माबोको डोलीभर्ना कथासंग्रह शुक्रबार विमोचन हुने



ताप्लेजुङ। सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष एवं साहित्यकार डा.चित्र माबोको पहिलो कथासंग्रह डोलीभर्ना साउन ४ गते शुक्रबार (भोली) विमोचन हुने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको लेखनाथ कक्षमा भोली दिउँसो ३ बजे कथासंग्रह विमोचन हुने छ । सो कथासंग्रहमाथि प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूले वक्ताका रुपमा आफ्नो धारणा राख्नुहुनेछ ।

नेपाली साहित्यमा विद्यावारिधी गर्नुभएका माबोले पुर्वी पहाडको जनजीवन, बर्षौदेखिको सामाजिक सद्भाव, लिम्बू जातिको पवित्र मुन्धुम, सस्कार, संस्कृतिदेखि समसामयिक विषय समेत टिपेर लेखिएका १५ वटा कथाहरु डोलीभर्नामा संग्रहित रहेको बताउनुभएको छ । सो कथा संग्रहलाई सांग्रीला बुक्सले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : 1:50 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा