मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिने



ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक रूपमा विपन्न तथा लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले विपन्न तथा लक्षित वर्गका लागि स्वास्थ्य बीमा गरिदिने भएको हो ।

यसका लागि ‘अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’ मार्फत ३५ लाख रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । विपन्न वर्ग साधेँ स्वास्थ्य उपचारबाट बञ्चित हुने भएकाले ‘अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’लाई अघि सारिएको अध्यक्ष वनेको भनाई छ ।

यो सँगै चालु आर्थिक वर्षको बजेटमा ‘स्वस्थ नागरिक, स्वस्थ मैवाखोला’ अवधारणालाई पनि प्राथमिकता दिइएको छ । यसअन्तर्गत ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ । गर्भवती तथा सुत्केरी महिलाका लागि ‘उपाध्यक्ष चेसुङ कार्यक्रम’ पनि यस वर्ष सञ्चालन हुनेछ ।

पालिकाले निःशुल्क उपलब्ध गराइने ९८ प्रकारका औषधिको खरिद तथा वितरण, दीर्घरोगीलाई उपचार सहयोग र स्वास्थ्य संस्थाका लागि आवश्यक उपकरण व्यवस्थापन गर्न ‘अध्यक्ष स्वास्थ्य कोष’ स्थापना गरेको छ । स्वास्थ्य क्षेत्रमा मात्रै चालु वर्ष १ करोड २७ लाख ५३ हजार रुपियाँ बजेट छुट्याइएको अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 1:42 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा