देशभर मनसुनी वायुको प्रभाव : आज यी स्थानमा भारी वर्षा हुने



हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : 2:26 am

पाथीभरा दर्शनको क्रममा बालकको मृत्यु

ताप्लेजुङ, चैत्र ९ गते । पाथीभरा दर्शनको क्रममा बिरामी भएका

पश्चिमी र स्थानीय वायुको प्रभावले देशभर मौसम बदली, केही क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक

चितुवाको आक्रमणमा प्रहरीसहित चार घाइते

झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा आज चितुवाको आक्रमणबाट एक सशस्त्र

सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप चैत्र १२ देखि

ताप्लेजुङ, चैत्र ८ गते । ताप्लेजुङमा आगामी चैत १२ गतेदेखि

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले