पाथीभराको ठुलो फेदीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्‌घाटन



ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभराको ठुलो फेदीमा नव निर्मित स्वास्थ्य चौकी भवनको उद्‌घाटन गरिएको छ । कोशी प्रदेशका पूर्व खानेपानी, सिँचाइ तथा उर्जा, एवम् स्वास्थ्य मन्त्री, प्रदेश सभा सदस्य तिलकुमार मेन्याङबोको प्रमुख आतिथ्यतामा नवनिर्मित भवनको बिहीबार उद्‌घाटन गरिएको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा कोशी प्रदेश सरकारद्वारा विनियोजित ५० लाख रकमको लागतमा भवन निर्माण सम्पन्न गरि उद्‌घाटन गरिएको पूर्वमन्त्री मेन्याङबोका सूचना प्रविधि अधिकृत हेमराज निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार १ तले नवनिर्मित भवनमा एउटा हल सहित ४ ओटा कोठा रहेका छन्   स्वास्थ्यकर्मीका लागि आवास सहितको भवन निर्माण गरिएको निरौलाले बताउनुभयो ।

पाथीभरा मन्दिरमा दर्शनका लागि आउने तीर्थयात्रीको तथा फेदी, काफ्लेपाटीका स्थानीयलाई सहजता प्रदान गर्ने उद्देश्य सहित सो क्षेत्रमा प्रदेश सरकारले स्वास्थ्य चौकी भवन निर्माण गरेको हो । भवन उद्‌घाटनकै क्रममा पूर्वमन्त्री मेन्याङबोले अब चाँडै नै स्वास्थ्य चौकी सञ्चालनका लागि आवश्यक फर्निचर, औषधीसँगै थप स्वास्थ्यकर्मीको समेत व्यवस्थापन गर्ने बताउनुभयो ।

सो कार्यको लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएका मन्त्री मेन्याङबोले उल्लेख गर्नुभएको निरौलाको भनाई छ । फेदीमै सुविधा सम्पन्न स्वास्थ्य चौकीको स्थापनासँगै अब तीर्थयात्रीले स्वास्थ्य जोखिम मोल्नुपर्ने बाध्यताको अन्त्य भएको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले बताउनुभयो ।

भवन निर्माण पश्चात अब आवश्यक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन भए तीर्थयात्री तथा सो क्षेत्रका स्थानीयले उपचारका लागि सदरमुकाम धाउनुपर्ने झन्झटबाट मुक्त हुने विश्वास लिएका छन् ।

प्रकाशित मिति : 12:42 pm

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

हिमाली सीमावर्तीमा हुने चोरीको निगरानी गर्न प्रहरीको गस्ती

साहारा लिम्बू ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला प्रहरी कार्यालय

सेसेलुङ महिला गोल्डकप : मेरिङदेन र सिदिङवा भिड्दै 

साहारा लिम्बूताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ

नेपाल विद्यार्थी सङ्घ स्ववियु परिषद कोशी प्रदेश सहसचिवमा तिल कुमार जोगी निर्वाचित

 ताप्लेजुङ, मंसिर १५ गते । स्वतन्त्र विद्यार्थी युनियन पाथिभरा बहुमुखी