पाथीभराको ठुलो फेदीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्‌घाटन



ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभराको ठुलो फेदीमा नव निर्मित स्वास्थ्य चौकी भवनको उद्‌घाटन गरिएको छ । कोशी प्रदेशका पूर्व खानेपानी, सिँचाइ तथा उर्जा, एवम् स्वास्थ्य मन्त्री, प्रदेश सभा सदस्य तिलकुमार मेन्याङबोको प्रमुख आतिथ्यतामा नवनिर्मित भवनको बिहीबार उद्‌घाटन गरिएको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा कोशी प्रदेश सरकारद्वारा विनियोजित ५० लाख रकमको लागतमा भवन निर्माण सम्पन्न गरि उद्‌घाटन गरिएको पूर्वमन्त्री मेन्याङबोका सूचना प्रविधि अधिकृत हेमराज निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार १ तले नवनिर्मित भवनमा एउटा हल सहित ४ ओटा कोठा रहेका छन्   स्वास्थ्यकर्मीका लागि आवास सहितको भवन निर्माण गरिएको निरौलाले बताउनुभयो ।

पाथीभरा मन्दिरमा दर्शनका लागि आउने तीर्थयात्रीको तथा फेदी, काफ्लेपाटीका स्थानीयलाई सहजता प्रदान गर्ने उद्देश्य सहित सो क्षेत्रमा प्रदेश सरकारले स्वास्थ्य चौकी भवन निर्माण गरेको हो । भवन उद्‌घाटनकै क्रममा पूर्वमन्त्री मेन्याङबोले अब चाँडै नै स्वास्थ्य चौकी सञ्चालनका लागि आवश्यक फर्निचर, औषधीसँगै थप स्वास्थ्यकर्मीको समेत व्यवस्थापन गर्ने बताउनुभयो ।

सो कार्यको लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएका मन्त्री मेन्याङबोले उल्लेख गर्नुभएको निरौलाको भनाई छ । फेदीमै सुविधा सम्पन्न स्वास्थ्य चौकीको स्थापनासँगै अब तीर्थयात्रीले स्वास्थ्य जोखिम मोल्नुपर्ने बाध्यताको अन्त्य भएको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले बताउनुभयो ।

भवन निर्माण पश्चात अब आवश्यक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन भए तीर्थयात्री तथा सो क्षेत्रका स्थानीयले उपचारका लागि सदरमुकाम धाउनुपर्ने झन्झटबाट मुक्त हुने विश्वास लिएका छन् ।

प्रकाशित मिति : 12:42 pm

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क शिविर

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरा याङवरकको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल बने प्रथम

ताप्लेजुङ वैशाख २४ गते । पाथीभरा याङवरक गाउँपालिकामा भएको प्रतिभा

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको

मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु

 मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

ताप्लेजुङ, वैशाख २२  गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला