झगडा मिलाउन जाँदा वडाध्यक्ष घाइते




बिर्तामोड । झापाका कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष नुर आलम स्थानीयको झगडा मिलाउने क्रममा घाइते हुनुभएको छ ।

गाउँमा विवाद मिलाउनेक्रममा कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष आलम र छिमेकी रैमु मियाको परिवारबिच झगडा परेको थियो । दुई परिवारबिचको कुटाकुटमा वडाध्यक्ष आलम र उहाँका श्रीमतीसहित पाँचजना घाइते भएका छन् ।

वडाध्यक्ष नुर आलम र छिमेकी मियाको परिवारबिच कुटाकुट हुँदा दुवै तर्फका पाँचजना घाइते भएका हुन् । कचनकवल ५ नयाँहाट बस्तीमा वडा अध्यक्ष आलमको घरनजिक बस्ने रैमु मिया, उहाँका श्रीमती सैरा खातुन, कान्छा छोरा सैरु मिया, छोरीहरु रुक्सना खातुन, सन्जना खातुन र बेल्केसा खातुनले जेठो छोरा सेर आलम मियाकी श्रीमती मिराजनी निशालाई बिगत ७–८ बर्षदेखि घरेलु हिंसा गर्दैआएको भन्दै उजुरी गरेको बताइएको छ ।

टाउकोमा चोट लागेका घाइते वडा अध्यक्ष र उहाँका श्रीमतीको भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गोरखापत्र

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार ०५:११

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट