झगडा मिलाउन जाँदा वडाध्यक्ष घाइते




बिर्तामोड । झापाका कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष नुर आलम स्थानीयको झगडा मिलाउने क्रममा घाइते हुनुभएको छ ।

गाउँमा विवाद मिलाउनेक्रममा कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष आलम र छिमेकी रैमु मियाको परिवारबिच झगडा परेको थियो । दुई परिवारबिचको कुटाकुटमा वडाध्यक्ष आलम र उहाँका श्रीमतीसहित पाँचजना घाइते भएका छन् ।

वडाध्यक्ष नुर आलम र छिमेकी मियाको परिवारबिच कुटाकुट हुँदा दुवै तर्फका पाँचजना घाइते भएका हुन् । कचनकवल ५ नयाँहाट बस्तीमा वडा अध्यक्ष आलमको घरनजिक बस्ने रैमु मिया, उहाँका श्रीमती सैरा खातुन, कान्छा छोरा सैरु मिया, छोरीहरु रुक्सना खातुन, सन्जना खातुन र बेल्केसा खातुनले जेठो छोरा सेर आलम मियाकी श्रीमती मिराजनी निशालाई बिगत ७–८ बर्षदेखि घरेलु हिंसा गर्दैआएको भन्दै उजुरी गरेको बताइएको छ ।

टाउकोमा चोट लागेका घाइते वडा अध्यक्ष र उहाँका श्रीमतीको भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गोरखापत्र

प्रकाशित मिति : 5:11 am

आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको