दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने



ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । मेरिङ्देन गाउँपालिका तीनमा रहेको ऐतिहासिक र व्यापारिक केन्द्र दोभान बजारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको हो ।

शनिबार सम्पन्न भएको जनता सँग जनप्रतिनिधि तथा दोभान बजारको पर्यटन प्रर्वद्धन सम्बन्धी अन्तरकृया कार्यक्रम मार्फत दोभान बजारलाई पर्यटकीय गन्तव्यको रुपमा लैजाने प्रतिबद्धता जनाइएको छ । कार्यक्रममा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङ वीर हाङ्गाम (डम्बर), उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङ्बाङ, योजना शाखा प्रमुख रत्नेश्वर यादव, मेरिङ्देन गाउँपालिका तीन नम्बर वडाअध्यक्ष गजेन्द्र कुमार नाल्बो सहितका जनप्रतिनिधि साथै सरोकारवाला र स्थानीयको उपस्थितिमा दोभान बजारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सात प्रतिबद्धता जाहेर गरिएको छ ।

जसमा दोभान बजारलाई सफा सुन्दर र शान्त बनाई पर्यटकीय क्षेत्रको आकर्षक गन्तव्यको रुपमा विकास गर्न स्थानीय बासीले आफ्नो घर साथै नजिकको क्षेत्रमा भएको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । तमोर नदि तथा मैवाखोला किनारमा बस्ती रहेकाले यी दुवै खोला तथा नदी कटानबाट बजारलाई जोखिम कम गर्न पालिकाले प्रदेश सरकार तथा सङ्घीय सरकारको सहयोगमा तटबन्धन कार्यक्रम प्रभावकारी रुपमा गर्न पहल गरिने भएको छ ।

यस्तै जलचर संरक्षणका अभियानलाई व्यापक बनाइने, विद्युतीय करेन्टबाट माछासहितको जलचर मर्ने कार्यलाई पूर्ण रुपमा निषेध गरिने, बजारमा सञ्चालित होटलहरुलाई व्यावसायिक मापदण्डको दायरामा ल्याई व्यावसायिक अभिवृद्धिका लागि उचित कार्यक्रम सञ्चालन गरिने भएको छ । साथै र्‍याफ्‌टिङ सञ्चालनका लागि आवश्यक पहल गरिने, होम स्टे सञ्चालनमा ल्याउने र धार्मिक बिविद्यतालाई ध्यानमा राखी संस्कृत झल्कने तस्विर साथै चित्रको व्यवस्था गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

दोभान बजारलाई जिल्लाको दोस्रो ठूलो र ऐतिहासिक साथै व्यापारिक केन्द्रको रुपमा लिने गरिन्छ ।

प्रकाशित मिति : 6:52 pm

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको

मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु

 मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

ताप्लेजुङ, वैशाख २२  गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री