ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी स्किन रोग फेला परेको छ । कृषक रन्जना तामाङले पाल्नुभएको गाईमा लम्पी स्किन रोग फेला परेको हो ।

गाईमा लम्पी स्किनको पुरै सिम्टम्स देखिएको मेरिङदेन गाउँपालिका पशुसेवा शाखा प्रमुद मनोज श्रेष्ठले बताउनुभयो । उहाँको अनुसार जम्मा आठ वटा गाईमा सिम्टम्स देखा परे पनि सबैभन्दा धेरै तामाङले पाल्नुभएको गाईमा देखापरेको हो ।

उक्त गाईलाई १०५ डिग्रीको ज्वरो आएको, घाँस दाना पानी पुरै मात्रामा खान छोडेको पशुसेवा शाखा प्रमुख श्रेष्ठको भनाई छ । लम्पी स्किन रोग परीक्षणका लागि गाउँपालिकामा किट नभएका कारण परीक्षणका लागि पठाउन नसकिएको उहाँले बताउनुभयो । जिल्लामा लम्पी स्किन परीक्षणको ल्याब नभएका कारण परीक्षणका लागि विराटनगर पठाउनु पर्ने बाध्यता रहेको छ ।

यस्तै रोग न्यूनिकरणका लागि गाईलाई ज्वरो घटाउने इन्जेक्सन, घाँस दानापानी रुच्ने औषधी दिइएको छ । अहिले केही मात्रा ज्वरो र सिम्टम्स घट्न थालेको छ । गाईहरुलाई अहिले छुट्टै आइसोलेसनमा राखिएको पनि श्रेष्ठको भनाई छ ।

झिँगा लामखुट्टे लगायतको टोकाईबाट अन्य गाईहरूमा पनि सर्ने भएकाले ती गाईगोरुलाई छुट्टाई आइसोलेनमा राखिएको हो । यस्तै उक्त रोग अन्य स्थानमा पनि देखा पर्न सक्ने भएकाले आफ्ना गाई भैंसीको अवस्था कस्तो छ ? घाँस दानापानी खाएको छ कि छैन भन्ने कुरा निगरानी गर्न सबैलाई अनुरोध गरिएको पशु शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार लम्पी स्किन भैंसीमा विषाणुबाट लाग्ने सङ्क्रामक रोग हो । गर्मीयाममा तीव्र रूपमा फैलिन्छ । यो रोग लामखुट्टे, झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट सर्छ । सङ्क्रमित पशुसँग प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशुमा समेत रोग सर्छ । छोटो समयमा सर्ने हुँदा नियन्त्रण गर्न पहिलो प्राथमिकता गोठको सफाइ जरुरी रहेको छ ।

प्रकाशित मिति : 6:42 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला