राष्ट्रिय प्रसारण ग्रिड कम्पनीद्वारा मौरी पालन र उद्यम विकास तालिम सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ दोभान बजारमा मौरी पालन र उद्यम विकास तालिम सम्पन्न भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको आयोजनामा आज दोभान बजारको महिला सहकारी भवनमा उक्त तालिम सम्पन्न भएको हो । 

मेवा९ चाँगे १३२ केभी प्रसारण लाइन आयोजनका प्रभावित सबैलाई उद्यमशील बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको राष्ट्रिय प्रसारण ग्रिड लिमिटेड जन सम्पर्क अधिकृत किरण लिङदेनले जानकारी दिनुभएको छ । 

गत १६ गतेबाट सुरु मौरी पालन तालिम विहीबार सम्पन्न भएको थियो भने लघु उद्यम विकास तालिम आज सम्पन्न भएको हो । तालिममा २१ जना उद्यमीहरूको सहभागिता रहेको थियो । 

मौरी पालन सम्बन्धी तालिमको प्रशिक्षण लेखनाथ दाहालले दिनुभएको थियो भने, उद्यम विकास सम्बन्धी तालिम खड्क बहादुर गुरुङले दिनुभएको थियो । 

यस्तै तालिममा सहभागी सबैलाई प्रविधि सामग्री घुम्टी, पन्जा, रानी ढोका र दोभान महिला सहकारी भवन लाई १० वटा कुर्सी वितरण गरिएको छ । 

प्रकाशित मिति : 1:25 pm

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती