राष्ट्रिय प्रसारण ग्रिड कम्पनीद्वारा मौरी पालन र उद्यम विकास तालिम सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ दोभान बजारमा मौरी पालन र उद्यम विकास तालिम सम्पन्न भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको आयोजनामा आज दोभान बजारको महिला सहकारी भवनमा उक्त तालिम सम्पन्न भएको हो । 

मेवा९ चाँगे १३२ केभी प्रसारण लाइन आयोजनका प्रभावित सबैलाई उद्यमशील बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको राष्ट्रिय प्रसारण ग्रिड लिमिटेड जन सम्पर्क अधिकृत किरण लिङदेनले जानकारी दिनुभएको छ । 

गत १६ गतेबाट सुरु मौरी पालन तालिम विहीबार सम्पन्न भएको थियो भने लघु उद्यम विकास तालिम आज सम्पन्न भएको हो । तालिममा २१ जना उद्यमीहरूको सहभागिता रहेको थियो । 

मौरी पालन सम्बन्धी तालिमको प्रशिक्षण लेखनाथ दाहालले दिनुभएको थियो भने, उद्यम विकास सम्बन्धी तालिम खड्क बहादुर गुरुङले दिनुभएको थियो । 

यस्तै तालिममा सहभागी सबैलाई प्रविधि सामग्री घुम्टी, पन्जा, रानी ढोका र दोभान महिला सहकारी भवन लाई १० वटा कुर्सी वितरण गरिएको छ । 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १३:२५

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन