युनाईटेड हाईड्रोपावर र प्रभावित क्षेत्रको विवाद मिल्यो



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सीमाना भएर बग्ने मेवाखोलामा निर्माणका क्रममा रहेको ५० मेगावाट क्षमताको युनाईटेड मेवाखोला हाईड्रोपावर निर्माण क्षेत्रका वासिन्दाले गठन गरेको हाईड्रो प्रभावित संघर्ष समिति विगठन भएको छ ।

निर्माण कम्पनीले स्थानीय प्रभावितका मागलाई सम्बोधन गरे सँगै उक्त संघर्ष समिति विगठन भएको बताईएको छ । स्थानीय औधबहादुर सामेखामको अध्यक्षतामा रहेको संघर्ष समितिको आज बसेको बैठकले विशेष परिस्थिती सिर्जना नभए सम्मका लागि संघर्ष समिति विगठन गर्ने निर्णय गरेको छ ।

यहाँका स्थानीयले हाईड्रो निर्माणका क्रममा घर जमिनमा क्षति पुगेको भन्दै क्षतिपुर्तिका लागि संघर्ष समिति गठन गरेका थिए । प्रभावित क्षेत्रका बासिन्दाको क्षति एकिन गरी क्षतिपूर्ति प्रदान गर्न यसअघि स्थलगत अनुगमन गरिएको थियो । मेरिङदेन गाउँपालिका उपप्रमुख दुर्गा श्रेङ्चोङवाङको संयोजकत्वमा गठित समितिले क्षति एकिन गरे सँगै निर्माण कम्पनीले स्थानीय सँग समन्वय गरेको र विवाद समाधान गरिएको हाईड्रोपावरका साईड ईन्चार्ज आसिष केदेमले बताउनुभयो ।

क्षति एकिन गर्नका लागि मेरिङदेन गाउँपालिका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला मालपोत कार्यालयका प्रमुख, नापि कार्यालयका प्रतिनिधि, सम्बन्धित क्षेत्रका वडाअध्यक्षहरु लगायतले स्थलगत रुपमा अनुगमन गरेका थिए ।

मेरिङदेन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङ्वाङको संयोजकत्वमा गठित क्षतिपुर्ति निर्धारण समितिले निर्माण क्षेत्रमा गएर प्रभावित बासिन्दाको जग्गा जमिनमा भएको क्षतिको यकिन गर्नुका साथै बिवरण संकलन गरेको छ । निर्माण पक्षले तयार गरेको मापदण्ड भित्र क्षति पुगेका धेरै स्थानीयले यसअघि नै क्षतिपुर्ति पाए पनि कतिपयले आफ्नो जग्गा जमिनमा क्षति पुगेको भन्दै क्षतिपुर्ति माग गर्न थालेपछि उक्त समिति बनाईएको थियो ।

प्रभावित क्षेत्रका वडाअध्यक्ष, जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि, सरोकार समितिका प्रतिनीधि, स्थानीय सुरक्षा प्रमुख सम्मिलित उक्त समितिले पावरहाउस जाने सडक सहित अन्य संरचना निर्माणबाट क्षति भएको जग्गाको नापजाँच सहित क्षतिको अनुमान गर्नुका साथै स्थानीय सँग छलफल गरेको छ ।

स्थानीयको क्षती यकिन गरि पीडितलाई सम्बोधन गर्ने जस्ता विषयमा जनप्रतिनीधि र स्थानीय सँग छलफल समेत भएको समितिका संयोजक दुर्गाप्रसाद चोङ्वाङले बताउनुभयो । अनुगमनका क्रममा मेरिङदेन गाउँपालिका प्रमुख डम्बर हाङ्गाम, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधि, प्रभावित क्षेत्रका वडाअध्यक्ष लगायत सहभागी भएका थिए ।

हाईड्रोपावरका साईड ईन्चार्ज आसिष केदेमका अनुसार सरोकारवाला सहितको टोलिले मुल्यांकन गरेको क्षतिका आधारमा निर्माण पक्षले क्षतिपूर्ति उपलब गराउने छ । यस्तै सामाजिक उत्तरदायीत्व अन्तर्गत समेत हरेक वडामा बजेट छुट्याएर स्थानीय सरकारको निगरानीमा बिकासका गतिविधि भईरहेको उहाले बताउनु भयो ।

आयोजनाको मुख्य प्रभावित क्षेत्र खाम्लुङमा मात्र १ करोड ७५ लाख रुपैयाँ बजेट बराबरको बिकास निर्माण लगायतका गतिविधि भएको बताईएको छ । आगामी दुई वर्ष भित्रै सम्पन्न गर्ने गरि हाईड्रोपावरका संरचनाहरु निर्माण भईरहेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बुधबार १४:०१

ताप्लेजुङको दोभानमा उद्योग वाणिज्य सम्बन्धी एकदिने घुम्ती शिविर

पबित्रा लिम्बूताप्लेजुङ – ताप्लेजुङको दोश्रो ठुलो व्यापारिक केन्द्र दोभान बजारमा

फक्ताङ्लुङद्वारा उत्कृष्ट बिधालय, शिक्षक र बिद्यार्थी सम्मान

एलिना दियालीताप्लेजुङ । जिल्लाको फक्ताङ्लुङ गाउँलालिकाले उत्कृष्ट बिधालय, शिक्षक र

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीद्वारा मौरी पालन र उद्यम विकास तालिम सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ दोभान बजारमा मौरी पालन

आगामी आवमा बेरुजुलाई शून्यमा झार्ने योजनामा फक्ताङ्लुङ गाउँपालिका

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र बेरुजु शून्य

आज कहाँ कति वर्षा ?

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा