सेसेलुङ महिला गोल्डकप : फाइनलका लागि मेरिङदेन र पाथीभरा याङवरक भिड्दै 



ताप्लेजुङ, मंसिर १८ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगितामा फाइनलका लागि मेरिङदेन गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिका भिड्दै छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पुजा) २०८२ को अवसरमा सञ्चालन भएको प्रतियोगिता अन्तरगत आज दोस्रो सेमिफाइनल खेलमा मेरिङदेन र पाथीभरा याङवरक गाउँपालिकाबिच प्रतिस्पर्धा हुने भएको हो । 

आज विजयी हुने टिमले शनिबार हुने फाइनल खेलमा फुङलिङ नगरपालिका सँग भेट पक्का गर्ने छ । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा मैवाखोला गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिका फाइनलमा प्रवेश गरेको छ ।  

खेलको ५२औँ मिनेटमा फुङलिङ नगरपालिकाका समीक्षा मगरले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनुभयो । यस्तै खेलको इन्जुरी समयमा फुङलिङ नगरपालिकाका समीक्षा मगरले नै दोस्रो गोल गर्दै टिमलाई २–० गोल अन्तरमा पुर्‍याउनुभएको हो । 

मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन सेमिफाइनलमा प्रवेश हो । यस्तै आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै पाथीभरा याङवरक गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । 

 प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष कुलदिप मादेनले बताउनुभयो । उहाँका अनुसार म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ ।

प्रकाशित मिति : 6:24 am

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी