मेरिङदेन गाउँपालिकाले सार्वजनिक गर्‍यो आफ्नै स्थानीय पाठ्यक्रम, उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान



साहारा लङवा लिम्बू
ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ ।  पालिकाले कक्षा १ देखि ८ अन्तर्गतका स्थानीय पाठ्यक्रमको रूपमा निर्माण भएको “हाम्रो मेरिङदेन” पाठ्यक्रम सार्वजनिक गरेको हो ।

मेरिङदेन गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा ‘उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय प्रोत्साहन तथा सम्मान कार्यक्रम’ मार्फत सार्वजनिक भएको उक्त पाठ्यक्रम विद्यालयका शिक्षकलाई हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष युकहाङ बिर हाङ्गाम (डम्बर)ले जानकारी दिनुभएको छ । 

कार्यक्रममा गाउँपालिका भरिका विद्यालयलाई तहगत रूपमा कक्षा ८, १० र १२ लाई आधार मानी सर्वोकृष्ट छात्र, छात्रा, शिक्षक र विद्यालयलाई नगद र प्रमाण पत्रसहित सम्मान गरिएको छ । जसमा कक्षा ८ बाट छात्रतर्फ सूर्यदेवी मा.वि.का आङ्निमा शेर्पा र छात्रातर्फ पृथ्वी मा.वि. का प्रिया लिम्बू, शिक्षकतर्फ त्रिभुवन मा.वि.का कमला न्यौपाने पुरस्कृत हुनुभएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जीतेन लिम्बूले जानकारी दिनुभएको छ । 

यस्तै कक्षा १० अन्तर्गत छात्र छात्रा दुवैमा पृथ्वी मा.वि. का सुजन नेयङ र सुस्मिता नाल्बो लिम्बू पुरस्कृत हुनुभएको छ भने, शिक्षकतर्फ पृथ्वी मा.वि. कै बिमल सम्बाहाम्फे सर्वोकृष्ट शिक्षकको रूपमा पुरस्कृत हुनुभएको छ  । साथै कक्षा १२ तर्फ पृथ्वी मा।वि। कै छात्र छात्रा इन्द्रहाङ नाल्बो लिम्बू र निरु केदेम पुरस्कृत हुँदा शिक्षक तर्फ पृथ्वी मा.वि.का गणेश खड्का गाउँपालिका भरिको सर्वोकृष्ट शिक्षकको रूपमा पुरस्कृत हुनु भएको छ  । 

गाउँपालिका अध्यक्ष हाङ्गामको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वशिष्ठ अतिथिको रुपमा पालिका उपाध्यक्ष दुर्गा प्रसाद सिरेङ चोङबाङको उपस्थिति रहेको थियो ।  कार्यक्रममा गाउँपालिका भरिका प्रधानाध्यापकहरूको सहभागिता रहेको पालिका सूचना अधिकारी लिम्बूले बताउँनुभयो । 

प्रकाशित मिति : 2:18 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज