रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिकामा विषालु सर्पले टोक्दा एक जना घाईते हुनु भएको छ । घाईते हुनेमा पालिकाको वडा नम्बर १ महाबुङका ६४ वर्षीय बम बहादुर नाल्बो रहेको जिल्ला प्रहरी कार्यल ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घर नजिकै घाँस काट्ने क्रममा नाल्बोलाई सोमबार (आज) बिहान सर्पले टोकेको र उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा उपचार सम्भव नभएपछि सर्प दंश उपचार केन्द्र चारआली झापा लगिएको छ । घाईतेको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ।
प्रतिक्रिया