आठराई त्रिबेणीको कुल बजेट ५० करोड ५४ लाख



ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले आगाी आर्थिक बर्ष २०८१/८२ का लागि ५० करोड ५४ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न भएको वर्षे अधिवेशन तर्फ पालीका उपाअध्यक्ष सान्ताकुमारी आङबुहाङले उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।

गाउँपालिकाले बित्तीय समानीकरण अनुदानतर्फ १० करोड ९४ लाख १५ हजार रुपैयाँ बिनियोजन गरेको छ । बित्तीय समानीकरणतर्फ संघीय सरकारबाट प्राप्त १० करोड ३० लाख तथा प्रदेश सरकारबाट ६४ लाख १५ हजार रुपैयाँ स्रोत व्यहोर्ने क्षेत्रको रुपमा राखिएको छ ।

बित्तीय समानीकरणबाट भौतिक पूर्वाधार तथा अन्य कार्यक्रम खर्च गर्ने प्रस्ताव गरिएको छ । यस्तै राजश्व बाँडफाँडतर्फको ७ करोड ९ लाख रुपैयाँ चालू खर्च र कार्यक्रम खर्चतर्फ बिनियोजन गरिएको छ । संघीय सरकारबाट प्राप्त १ करोड ५० लाख र प्रदेश सरकारबाट प्राप्त १ करोड रुपैयाँ गरी कूल २ करोड ५० लाख पूर्वाधार निर्माणका लागि खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ ।

साथै संघीय सरकारबाट प्राप्त २० करोड १९ लाख ५ हजार र प्रदेश सरकारबाट प्राप्त ५१ लाख ५० हजार रकम सर्त अनुसार खर्च गर्नेगरी बिनियोजन गरिएको छ । यस्तै संघीय सरकारबाट प्राप्त बिशेष अनुदान वापतको १ करोेड ५० लाख रुपैयाँ धोद्रे खानेपानी आयोजनामा खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ । आन्तरिक आयतर्फ अनुमान गरिएको ३५ लाख रुपैयाँलाई निःशुल्क बिद्युत कार्यक्रममा खर्च गर्नेगरी बिनियोजन गरिएको छ ।

पालिकाले गतबर्षको नगद मौज्दात ८ करोड ७२ लाख गरी कूल ९ करोड ७ लाख ७० हजार रुपैयाँलाई कूल आन्तरिक आय मानेर शीर्षकगत कार्यक्रम तय गरेको छ । eujyalopost.com

प्रकाशित मिति : 3:43 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन