आठराई त्रिबेणीको कुल बजेट ५० करोड ५४ लाख



ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले आगाी आर्थिक बर्ष २०८१/८२ का लागि ५० करोड ५४ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न भएको वर्षे अधिवेशन तर्फ पालीका उपाअध्यक्ष सान्ताकुमारी आङबुहाङले उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।

गाउँपालिकाले बित्तीय समानीकरण अनुदानतर्फ १० करोड ९४ लाख १५ हजार रुपैयाँ बिनियोजन गरेको छ । बित्तीय समानीकरणतर्फ संघीय सरकारबाट प्राप्त १० करोड ३० लाख तथा प्रदेश सरकारबाट ६४ लाख १५ हजार रुपैयाँ स्रोत व्यहोर्ने क्षेत्रको रुपमा राखिएको छ ।

बित्तीय समानीकरणबाट भौतिक पूर्वाधार तथा अन्य कार्यक्रम खर्च गर्ने प्रस्ताव गरिएको छ । यस्तै राजश्व बाँडफाँडतर्फको ७ करोड ९ लाख रुपैयाँ चालू खर्च र कार्यक्रम खर्चतर्फ बिनियोजन गरिएको छ । संघीय सरकारबाट प्राप्त १ करोड ५० लाख र प्रदेश सरकारबाट प्राप्त १ करोड रुपैयाँ गरी कूल २ करोड ५० लाख पूर्वाधार निर्माणका लागि खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ ।

साथै संघीय सरकारबाट प्राप्त २० करोड १९ लाख ५ हजार र प्रदेश सरकारबाट प्राप्त ५१ लाख ५० हजार रकम सर्त अनुसार खर्च गर्नेगरी बिनियोजन गरिएको छ । यस्तै संघीय सरकारबाट प्राप्त बिशेष अनुदान वापतको १ करोेड ५० लाख रुपैयाँ धोद्रे खानेपानी आयोजनामा खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ । आन्तरिक आयतर्फ अनुमान गरिएको ३५ लाख रुपैयाँलाई निःशुल्क बिद्युत कार्यक्रममा खर्च गर्नेगरी बिनियोजन गरिएको छ ।

पालिकाले गतबर्षको नगद मौज्दात ८ करोड ७२ लाख गरी कूल ९ करोड ७ लाख ७० हजार रुपैयाँलाई कूल आन्तरिक आय मानेर शीर्षकगत कार्यक्रम तय गरेको छ । eujyalopost.com

प्रकाशित मिति : 3:43 pm

रिड नेपालले दियो ताप्लेजुङका १ सय ५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ हजार बढी नाफा 

ताप्लेजुङ, पुस ३० गते । प्रथम मानाभारा गोल्डकपलाई ५ लाख

पाथीभरा मन्दिरमा २४ लाख बढी भेटी सङ्कलन 

ताप्लेजुङ, पुस ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित