ताप्लेजुङमा भरुवा बन्दुक सहित एक पक्राउ




रेडियो काबेली

ताप्लेजुङ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिकामा भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालिकाको वडा नंं. ४ डुम्रिसे निवासी ४२ वर्षीय नरेश खोयाहाङ (लिम्बु) रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

उहाँका अुनसार डुम्रिसे स्थित पिप्लेश्वरी आधारभुत विद्यालय अगाडी लोड गरिएको एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद ५७ ग्राम, गोली जस्तो बस्तु एकथान, काँटी सहित सलाईको बट्टा ६ थान र खुकुरी एक थानसहित लिम्बुलाई पक्राउ गरिएको हो । लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङमा ७ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 3:32 pm

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका