शिक्षा सम्मेलनपछि मैवाखोलामा दुई दिने क्षमता विकास तालिम सम्पन्न



ताप्लेजुङ । शिक्षा सम्मेलन सकेको केही दिनमै मैवाखोला गाउँपालिकामा दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । स्थानीय तहको साझेदारीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रधानाध्यापकहरूको क्षमता विकास तालिम-२०८१ सम्पन्न भएको हो । 

विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्नको लागि स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी बिच निर्वाह गर्नुपर्ने भूमिका बारे परामर्श भएको थियो । मैवाखोला सँधै शैक्षिक गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको र शैक्षिक गुणस्तर लाई सुधार गर्नको लागि कुनै पनि काम बाकी नराख्ने गाउँपालिका अध्यक्ष विजय वनेमले बताउँनुभयो । 

उक्त तालिममा गाउँपालिकाको २८ वटै विद्यालयको प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरू र शिक्षक अभिभावक संघका अध्यक्षहरूका उपस्थिति रहेको थियो । असार १ गते सुरु भएको तालिम असार दुई गते सम्पन्न भएको हो । तालिमको सहजीकरण अभिषेक घिमिरेले गर्नु भएको थियो ।

प्रकाशित मिति : 5:53 am

ताप्लेजुङमा ९७ प्रतिशत धान रोपाइँ

ताप्लेजुङ, साउन २८ गते । ताप्लेजुङमा गत वर्षको तुलना यस

आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य सेवामा जिल्लाकै उत्कृष्ट

ताप्लेजुङ, साउन २८ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित