साब्लाखुमा एक घर पहिरोले बगायो आठ परिवार जोखिममा




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ४ साब्लाखुमा पहिरोले एक घर बगाएको छ भने आठ घर जोखिममा रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवंम प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीका अुनसार आईतबार साब्लाखुका मान बहादुर लकान्द्रीको घर माथिबाट आएको पहिरोले घर बगाएको हो ।

उनको पशुचौपाया समेत पहिरोले बगाएको र उक्त परिवारान तिन जना रहेको र उनीहरुको उद्धार गरी छिमेकी कृष्ण लकान्द्रीको घरमा राखिएको छ । त्यस्तै सोही ठाउँका आठ परिवार जोखिममा रहेको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो । उहाँका अुनसार यज्ञ लकान्द्रीको खालि घर,श्याम लकान्द्री,पदम लकान्द्री, डिल्ली पौडेल र नरेन्द्र लिम्बुको घर पहिरोको जोखिममा रहेका छन् ।

त्यस्तैगरी सोही ठाउँका पुर्णिमाया तामाङ,चन्द्र भट्टराई र सन्त कुमार लिम्बुको घरपनि जोखिममा रहेको प्रहरीको भनाई छ । निरन्तर पानि परेकाले उक्त आठ वटै घरका ३८ जनालाई साब्लाखु ५ मा अवस्थित सिंहदेवी आधारभुत विद्यालयमा राखिएको छ । निरन्तर पानि परिरहेकाले सम्भावित बाढी र पहिरोबाट सर्तक भएर बस्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : 4:21 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक