फुङलिङ र मिक्वाखोलाका दुई युवा लागुऔषध सहित पक्राउ




ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाका दुई युवा लागु औषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं. ४ का २० वर्षीय विनोद लिम्बु र मिक्वाखोला गाउँपालिका वडा नंं. ४ साँवाका २८ वर्षीय प्रनिस लिम्बु रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवंम सुचना अधिकारी कमल कुमार लुङ्गेलीका अनुसार फुङलिङ नगरपालिका वडा नं. ५ स्थित ट्याक्सी काउन्टरबाट लागुऔषध जस्तो शंका लागेर उनीहरुलाई पक्राउ गरि अनुसन्धान गर्दा ट्रामाडोल हाईड्रोक्लोरिड क्याप्सुल भएको पुष्टि भएको हो ।

उहाँका अनुसार विनोदका साथबाट ट्रामाडोल हाईड्रोक्लोरिड क्याप्सुल दश पिस र प्रनिसको साथबाट सोही क्याप्सुल दुई थान बरामद गरिएको छ । उनीहरुलाई जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 3:35 pm

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था

तोक्मेडाँडामा यात्रु सहायता कक्ष सञ्चालन

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको

कांग्रेस महाधिवेशनका लागि ताप्लेजुङबाट ३२ प्रतिनिधि चयन

ताप्लेजुङ, असोज १७ गते । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका

छैटौँ सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि

ताप्लेजुङ, असोज १६ गते। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक