ताप्लेजुङको आठराई त्रिवेणीमा करेन्ट लाग्दा एक घाईते




ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा करेन्ट लागेर एकजना घाईते हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवंम् सुचना अधिकारी कमल कुमार लुङ्गेलीका अनुसार घाईत हुनेमा आठराई त्रिवेणी गाउँपालिकामा कार्यरत ४० वर्षीय कर्मचारी दिपक भट्टराई रहनु भएको छ ।

उहाँका अुनसार आज बिहान १०ः ३० बजे गाउँपालिकाको कार्यालय जाने क्रममा पालिकाको वडा नं. २ खुवा स्थित बाटोमा मे.१ ब ५०७ नम्बरको मोटरसाईकलमा जाने क्रममा बाटोमा चुडिएको बिजुली तारले करेन्ट लागेर घाईते हुनु भएको हो । घाईतेलाई प्रहरीले उद्धार गरी दाजु लोकराज भट्टराईको साथमा उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ असार २०८१, आईतवार ११:२३

प्रहरीले गरे पाथीभरा क्षेत्रमा वृक्षारोपण

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा वृक्षारोपण गरेको

ताप्लेजुङका सरकारी कार्यालयहरुले सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने

ताप्लेजुङ । ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा

कञ्चनजङ्घा हीरक महोत्सव : भलिबल खेलको तालिका सार्वजनिक

ताप्लेजुङ । कञ्चनजङ्घा हीरक महोत्सवमा सञ्चालन हुने पालिका स्तरीय आमन्त्रित

पाथिभरा याङवरक गाउँपालिकाले बनायो देवाली गर्ने मन्दिर

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले कुल पुजा (देवाली) गर्ने

पाथिभरा मन्दिरमा एक वर्षमा आए दुई लाख बढी भक्तजन 

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एक वर्षमा दुई लाख