ताप्लेजुङमा बाढी पहिरोले बिधालय बन्द, बिधुत र खानेपानी समेत अवरुद्ध



ताप्लेजुङ । ताप्लेजुङमा अबिरल वर्षाका कारण आइतबार यहाँका विद्यालयहरु बन्द गरिएका छन भने बिधुत सेवा समेत अवरुद्ध भएको छ । जिल्लाको सिरिजंघा गाउँपालिका वडा नं। १ मा रहेको सिनाम माध्यमिक विद्यालयका शिक्षक तुलसी पोख्रेलले टोलटोलमा फोन गरेर विद्यार्थीलाई रोेकेको जानकारी दिनु भयो।

पालिका अध्यक्ष लालबहादुर चौहानले भारी बर्षा भएकाले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्। बाढी पहिरोका कारण २४ घण्टाअघि देखि विद्युत् समेत नभएको उहाँले बताउनु भयो ।

त्यस्तै सिरिजङ्घा ६ मामाङ्खेमा खानेपानी सावित १ वार्ड देखि ५ वार्डसम्म झन्डै ३०० घरधुरीले खानेपानी पुर्णरुपमा क्षति पुगेको स्थानीय कैलास लिम्बुले जानकारी दिए । उद्दारमा प्रहरी र स्थानीय परिचालित भएपनी निरन्तरको वर्षाले समस्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवंम सुचना अधिकारी कमल कुमार लुङ्गेलिले जानकारी दिनु भयो।

प्रकाशित मिति : 9:56 am

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा