ताप्लेजुङको मामांखे र याम्फुदिनमा बाढी पहिरोका कारण सयौँ परिवार प्रभावित, लाखौँको क्षती




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नंं. ६ मामाङ्खे र वडा नम्बर ८ याम्फुदिनमा पहिरो जाँदा दर्जनौ घररिवार विस्थापित भएका छन् । वडा नं. ६ गैरी बस्ने यनराज लिम्बुको घर सँगै पशुचौपाया बगाउँदा १६ लाख नब्बे हजार रुपैँया बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही ठाउँका सुक्रराज लिम्बुको घर सहित पशु चौपाया बगाउँदा १० लाख अस्सि हजार रुपैँया क्षती भएको छ । विस्थापित परिवारलाई स्थानीय मानिस र प्रहरीको सहयोगमा टंक गौतमको खाली जग्गामा राखिएको प्रहरी उपरिक्षक रावलले जानकारी दिनुभयो ।

पहिरोले गौरिमाया लिम्बु, पुर्णकुमार माबो, भिममाया गुरुङ, यामबहादुर लिम्बु, बुद्धिमान लिम्बु, रनकुमार लिम्बू, चन्द्रमान लिम्बू, रबि बहादुर लिम्बू, ख्यालमान लिम्बु, बिरबहादुर लिम्बु, जगत लिम्बु, अमृत लिम्बुको घर जोखिममा रहेको स्थानीयले बताएका छन् ।

त्यस्तै चन्द्र बहादुर लिम्बुको घर बगाएको छ भने आगे जेठ्ठा, आगे कान्छा, साबिका २ नं. वडा देउराली डाडाँका मनकुमार लिम्बू, ईन्द्र ब. लिम्बू, मन ब. लिम्बू, नारायण भटराई, मेघनाथ भटराई र साबिक ६ नम्बर वडाका गलिमुनि माईलाको घरपनि उच्चजोखिममा रहेको छ ।

त्यस्तै गरि सिरिजङ्गा ८ याम्फुदिन साम्मेथुङका पदम माबो, छिरिङ भोटे, राज बहादुर लिम्बु, कृतिमान लिम्बु, गर्जमान गुरुङ र उमेस लिम्बुको घरमा पहिरोले क्षती गरेको र साबिक वडा नंं. ४ मासबारि कान्छाको बाख्रा बस्तु बगाएको बताईएको छ । यसअघि शुक्रबार फक्ताङलुङ गाउँपालिका वडा नं. २ खेजेनिमा पहिरो जाँदा एकै परिवारका ४ जनाको ज्यान गएको थियो गत ३० गते सिरिजङघाको खेबाङमा पहिरो जाँदा एक जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : 11:54 am

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा