पहिरोले मिक्वाखोलाको पापुङका तीन परिवार विस्थापित




रेडियो काबेली
ताप्लेजुङ । शनिबार बिहान गएको पहिरोले मिक्वाखोला गाउँपालिका–५ पापुङको ताङ्खुका तीन परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रहरी नायव उपरिक्षक रवि रावलका अनुसार ताङ्खुका आइतविर लिम्बु, छिमेकी मनकुमार लिम्वु र मोहन लिम्वुको परिवार विस्थापित भएका हुन् ।

ताङ्खुको आमछाङ खोल्सामा छ÷सात सय मिटर माथिबाट बाढीसँगै आएको पहिरोले तीन परिवारका १९ जना विस्थापित गराएको र उनीहरुलाई खड्गबहादुर लिम्वुको घरमा राखिएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिनुभयो
पहिरोले कुखुरा लगायतका पशु चौपायमा क्षति पु¥याएको र विस्थापितलाई सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको मिक्वाखोला गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष ज्ञान्जे शेर्पा जानकारी दिनु भयो ।

शेर्पाले भन्नुभयो,“ पहिरोले कुखुरा लगायतका पशु चौपायमा क्षति पु¥याएको छ । विस्थापितलाई सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको छ । अपत्यारिलो ठाउँमा पहिरो गएकोले हामी छक्क परेका छौँ । पहिरो फेरी पनि जाने सम्भावन देखिएकाले पहिरोको धार परिर्वतन गर्ने काम जेसिवी लगाएर भईरहेको छ । उक्त स्थानमा दिउँसो बसेपनि राति भने बस्न सकिने अवस्था छैन ।”

प्रकाशित मिति : 11:05 am

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य