पहिरोले मिक्वाखोलाको पापुङका तीन परिवार विस्थापित




रेडियो काबेली
ताप्लेजुङ । शनिबार बिहान गएको पहिरोले मिक्वाखोला गाउँपालिका–५ पापुङको ताङ्खुका तीन परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रहरी नायव उपरिक्षक रवि रावलका अनुसार ताङ्खुका आइतविर लिम्बु, छिमेकी मनकुमार लिम्वु र मोहन लिम्वुको परिवार विस्थापित भएका हुन् ।

ताङ्खुको आमछाङ खोल्सामा छ÷सात सय मिटर माथिबाट बाढीसँगै आएको पहिरोले तीन परिवारका १९ जना विस्थापित गराएको र उनीहरुलाई खड्गबहादुर लिम्वुको घरमा राखिएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिनुभयो
पहिरोले कुखुरा लगायतका पशु चौपायमा क्षति पु¥याएको र विस्थापितलाई सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको मिक्वाखोला गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष ज्ञान्जे शेर्पा जानकारी दिनु भयो ।

शेर्पाले भन्नुभयो,“ पहिरोले कुखुरा लगायतका पशु चौपायमा क्षति पु¥याएको छ । विस्थापितलाई सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको छ । अपत्यारिलो ठाउँमा पहिरो गएकोले हामी छक्क परेका छौँ । पहिरो फेरी पनि जाने सम्भावन देखिएकाले पहिरोको धार परिर्वतन गर्ने काम जेसिवी लगाएर भईरहेको छ । उक्त स्थानमा दिउँसो बसेपनि राति भने बस्न सकिने अवस्था छैन ।”

प्रकाशित मिति : 11:05 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक