पहिरोले मिक्वाखोलाको पापुङका तीन परिवार विस्थापित




रेडियो काबेली
ताप्लेजुङ । शनिबार बिहान गएको पहिरोले मिक्वाखोला गाउँपालिका–५ पापुङको ताङ्खुका तीन परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रहरी नायव उपरिक्षक रवि रावलका अनुसार ताङ्खुका आइतविर लिम्बु, छिमेकी मनकुमार लिम्वु र मोहन लिम्वुको परिवार विस्थापित भएका हुन् ।

ताङ्खुको आमछाङ खोल्सामा छ÷सात सय मिटर माथिबाट बाढीसँगै आएको पहिरोले तीन परिवारका १९ जना विस्थापित गराएको र उनीहरुलाई खड्गबहादुर लिम्वुको घरमा राखिएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिनुभयो
पहिरोले कुखुरा लगायतका पशु चौपायमा क्षति पु¥याएको र विस्थापितलाई सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको मिक्वाखोला गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष ज्ञान्जे शेर्पा जानकारी दिनु भयो ।

शेर्पाले भन्नुभयो,“ पहिरोले कुखुरा लगायतका पशु चौपायमा क्षति पु¥याएको छ । विस्थापितलाई सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको छ । अपत्यारिलो ठाउँमा पहिरो गएकोले हामी छक्क परेका छौँ । पहिरो फेरी पनि जाने सम्भावन देखिएकाले पहिरोको धार परिर्वतन गर्ने काम जेसिवी लगाएर भईरहेको छ । उक्त स्थानमा दिउँसो बसेपनि राति भने बस्न सकिने अवस्था छैन ।”

प्रकाशित मिति : २ असार २०८१, शनिबार  ११ : ०५ बजे

गिता पालुङ्वाको “हङकङ चाईना भाग–३” सार्वजनिक

ताप्लेजुङ । भाषा,धर्म,संस्कृति बचाउ अभियान्ता गिता पालुङ्वाको “हङकङ र चाईना

विपद उद्धार कार्यमा उल्लेखनीय भुमिका निर्वाह गरेका तिन प्रहरी पुरस्कृत

रेडियो काबेली ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले विपद उद्धार

मैवाखोला गाउँपालिकाको बजेट ४५ करोड, एमविविएस अध्ययन छात्रवृत्तिमा १५ लाख दिईने

रेडियो काबेली ताप्लेजुङ । मैवाखोखोला गाउँपालिकाले आइतबार आयोजित आर्थिक वर्ष

उत्कृष्ट शिक्षक, विधार्थी, विव्यस र शिक्षक अभिभावक संघ लाई वडाले पुरस्कृत गर्ने

एलिना दियालीताप्लेजुङ । शैक्षिक गुणस्तर सुधार गर्न फुङलिङ नगारपालिका वडा

शैक्षिक गुणस्तर सुधार गर्न फुङ्लिङ नगरपालिका वडा नं. ८ द्धारा शिक्षा भेला सम्पन्न

एलिना दियालीताप्लेजुङ । फुङ्लिङ नगरपालिका वडा न ८ मा घर