न्यायिक तथा अर्धन्यायीक निकायहरुको क्षमता अभिवृद्धि कार्यक्रम सुरु




ताप्लेजुङ । ताप्लेजुङमा न्याय सम्पादनमा न्यायिक तथा अर्धन्यायिक निकायहरुको भुमिका तथा नवोदित कानुन व्यवसायीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ । नेपाल बार एसोसिएसन ताप्लेजुङको आयोजना र आन्तिरक मामिला तथा कानुन मन्त्रालय,कोशी पदेशको आर्थिक सहयोगमा कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमको संविधानसभा सदस्य डम्वरध्वज तुम्वाहाम्फेले शुक्रबार उद्धघाटन गर्नुभयो । नेपाल बार एसोसिएसनका ताप्लेजुङका अध्यक्ष वलराम भट्टराईका अनुसार कार्यक्रममा स्थानीय तहमा रहेर न्याय सेवा प्रवाह गरिरहेका उपप्रमुख, उजुरी प्रशासक, न्यायीक समितिका सदस्य तथा सरोकारवालाहरु र कानुन पढ्दै गरेका विद्यार्थीहरुको पनि सहभागीता रहेको छ ।

कार्यक्रममा जिल्ला बार एकाई सदस्य एवंम् अधिबक्ता धनवहादुर थापाले न्यायीक विषयलाई आम नागरिकमा पुर्याउन नेपाल बारले भवन निर्माणको काम गरिरहेको र त्यसमा न्याय सम्पादनका थप गतिविधि गर्ने तयारी भई रहेकोले सबैलाई सहयोग गर्न प्रस्ताव गर्नुभयो । कार्यक्रमको सहजिकरण सर्वोच्च अदालतका बार सदस्य गोविन्द बहादुर भट्टराई र ललितपुर बार एकाईका सदस्य जिवन कुमार बस्नेतले गरि रहनुभएको छ ।

प्रकाशित मिति : 1:45 pm

हाइड्रोपावरमा कार्यरत मजदुरको ढुङ्गाले लागेर मृत्यु

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणधीन हाइड्रोपावरमा

ताप्लेजुङमा खाद्यले ४८ वर्षपछि चिनी बेच्दै

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार

कांग्रेस ताप्लेजुङको (क) नेतृत्व चयनमा निर्वाचन हुँदैै

ताप्लेजुङ, असोज १४ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रतिनिधिसभा क्षेत्रीय

देशभरका कर्मचारी मिलन केन्द्रमा पाथीभराको टीका प्रसाद

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित पाथीभरा मन्दिरको टीका प्रसाद

चार महिनापछि ताप्लेजुङमा हवाइ उडान सुरु

ताप्लेजुङ, असोज १२ गते । करिब चार महिना पछि ताप्लेजुङमा