मेची राजमार्गमा दुई बस ठोक्किँदा तीन घाइते



ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ खहरेस्थित मेची राजमार्गमा दुई वटा बस एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०५९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५६५८ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जना महिला घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घाइते हुनेमा भक्तपुर नगरपालिका–३ वंशगोपालकी ४८ वर्षीया लक्ष्मी सोनेप, सूर्यविनायक नगरपालिका–६ फलाटेकी ३८ वर्षीया सुनिता सोह्ङमिखा र काठमाडौंको तारकेश्वर नगरपालिका–४ की ४७ वर्षीया सुनिता कटुवाल रहनुभएको छ ।

प्रहरीका अनुसार तीनै जनाको टाउकोमा चोट लागेको छ । उहाँहरूको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनालाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल फिदिम पठाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 8:05 pm

मेची राजमार्गमा दुई बस ठोक्किँदा तीन घाइते

ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ खहरेस्थित

पाथीभरामा एकैदिन ११ हजार बढी दर्शनार्थी

ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा

सीमा क्षेत्रका अपराध नियन्त्रणमा दुई जिल्लाबीच सहकार्य

ताप्लेजुङ, कात्तिक २८ गते । चीनसँग सीमा जोडिएका ताप्लेजुङ र

अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपमा आठ टोली सहभागी हुने, कुन-कुन ?

ताप्लेजुङ, मङ्सिर २८ गते । ताप्लेजुङमा मङ्सिर २३ देखि २९

अलैँची पुरस्कारका लागि आठ टोली भिड्दै, खेल तालिका सार्वजनिक

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने