न्यायिक तथा अर्धन्यायीक निकायहरुको क्षमता अभिवृद्धि कार्यक्रम सुरु




ताप्लेजुङ । ताप्लेजुङमा न्याय सम्पादनमा न्यायिक तथा अर्धन्यायिक निकायहरुको भुमिका तथा नवोदित कानुन व्यवसायीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ । नेपाल बार एसोसिएसन ताप्लेजुङको आयोजना र आन्तिरक मामिला तथा कानुन मन्त्रालय,कोशी पदेशको आर्थिक सहयोगमा कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमको संविधानसभा सदस्य डम्वरध्वज तुम्वाहाम्फेले शुक्रबार उद्धघाटन गर्नुभयो । नेपाल बार एसोसिएसनका ताप्लेजुङका अध्यक्ष वलराम भट्टराईका अनुसार कार्यक्रममा स्थानीय तहमा रहेर न्याय सेवा प्रवाह गरिरहेका उपप्रमुख, उजुरी प्रशासक, न्यायीक समितिका सदस्य तथा सरोकारवालाहरु र कानुन पढ्दै गरेका विद्यार्थीहरुको पनि सहभागीता रहेको छ ।

कार्यक्रममा जिल्ला बार एकाई सदस्य एवंम् अधिबक्ता धनवहादुर थापाले न्यायीक विषयलाई आम नागरिकमा पुर्याउन नेपाल बारले भवन निर्माणको काम गरिरहेको र त्यसमा न्याय सम्पादनका थप गतिविधि गर्ने तयारी भई रहेकोले सबैलाई सहयोग गर्न प्रस्ताव गर्नुभयो । कार्यक्रमको सहजिकरण सर्वोच्च अदालतका बार सदस्य गोविन्द बहादुर भट्टराई र ललितपुर बार एकाईका सदस्य जिवन कुमार बस्नेतले गरि रहनुभएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार १३:४५

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट