ताप्लेजुङमा बाढी र पहिरोले जनजिवन प्रभावित



एलिना दियाली

ताप्लेजुङ । ताप्लेजुङमा लगातारको वर्षा पछिको बाढी पहिरोले जनजीवन प्रभावित बनेको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा गएराति आएको पहिरोमा गाउँपालिका–२ खेजेनिम तिङ्दुमा रहनु भएका उपाध्यक्ष विकास लिम्बुको बुबा,आमा र दुई जुम्ल्याहा बहिनीहरुको बाढीले घर बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मृत्यु हुनेमा उपाध्यका बुबा वर्ष ७० रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गङ्गा र जमुनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमल कुमार लुङगेलीका अनुसार घरभन्दा करिब दुई सय मिटर माथिदेखि झरेको पहिरोले घर बगाउँदा लिम्बू दम्पती र छोरीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

लुङ्गेलीका अनुसार बुधबार राती आएको बाढीले फक्ताङलुङबाट सदरमुकाम आवातजावत गर्ने सडक अवरुद्ध भएका कारण घटनास्थलमा नै मृतकको शबलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी आफन्तलाई बुझाईएको छ । वडा नं. २ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईका अनुसार पहिरोले बगाएर लिम्बूलको बाख्रा फर्र्म बगाउँदा दर्जनौ बाख्राको मृत्यु भएको छ । खेजेनिमकै गढी डाँडा टोलका योगेन साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त बनाएको वडाध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।

गए राति करिब १२ बजेतिर माथिदेखि आएको पहिरोले साम्राको घरलाई क्षति गरेको चौलागाईले बताउनुभयो । उहाँका अनुसार घर माथिदेखि पहिरो आएपछि साम्रासहित उहाँका परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएका छन् । उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार पश्चात घर पठाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।

घटनास्थलमा बिहानदेखि जनप्रतिनिधि, प्रहरी र स्थानीयले उद्धारको काम गरेका थिए । पहिरोले पुर्याएको अन्य क्षतिको विवरण आउनलाई समय लाग्ने प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो । बुधबार रातभर परेको वर्षाका कारण फक्ताङलुङ गाउँपालिकामा अवस्थित तमोर नदीसहितका खोलामा लगाइएको ५ वटा अस्थायी काठेपुल बाढीले बगाएको थियो ।

बाढीले पुल बगाउँदा यातायात ठप्प भएको छ । वर्षाका कारण तमोर नदीको छिरुवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो। यस्तै तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुईवटा काठेपुल बाढीले बगाएको छ।

पालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढीले काठेपुल बगाउँदा र ठाउँ–ठाउँको सडक खण्डमा पहिरो गएका कारण बिहीबार बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको छ । अवरुद्ध यातायातलाई सुचारु गर्न पुन निर्माणको काम बिहिबारबाट नै सुरु गरिएको भएपनि गएराति आएको बाढीले मानवीय क्षती भएका कारण र निरन्तर वर्षा भई रहेकाले यातायात सुचारु गर्ने गरि पुन निमार्णको कामलाई तिव्रता दिन नसकिएको अध्यक्ष लिम्बुले बताउनु भयो ।

अध्यक्ष लिम्बूले विज्ञप्ति जारी गर्दै पालिकावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गर्नुभएको छ । मनसुनका समयमा आइपर्ने जोखिम र प्राकृतिक विपतबाट बच्न र बचाउनका लागि पालिकावासीलाई सतर्क र सचेत रहन विज्ञप्ति प्रकाशित गरी अनुरोध गर्नुभएको हो। त्यस्तै जिल्लाको सिरिजिङघा गाउँपालिका वडा नं. ४ खेसेवा टोलका सुरेन्द्र गुरुङ (लामिछाने )को घरमा माथीबाट आएको पहिरोले घरमा पुर्ण क्षती भएको तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा परि एउटा भैँसी मरेको छ भने परिवारका सदस्य र चौपायालाई स्थानीयले उद्धार गरि सुरक्षित ठाउँमा सारिएको छ । घर बस्न नमिल्ने अवस्थाको भएको छ भने गाई गोठ पुर्ण क्षति, भान्सा घरमा पुर्ण क्षति साथै १४÷१५ रोपनी मकै जग्गामा क्षति भएको छ ।

जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङले दिएको जानकारी अुनसार जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ३ लिवाङमा रहेको माईक्रो हाइड्रोमा समेत क्षती भएको छ । यस अघि गत असार २ गते आएको बाढी र पहिरोले जिल्लामा मानवीय सहित लाखौँको क्षति गरेको थियो । ताप्लेजुङमा जेठ ३० गते ३६.९ मिलिमिटर, जेठ ३१ गते १६.८ मिलिमिटर र गत २४ घण्टामा २३.३ मिलिमिटर वर्षा भएको जल तथा मौसमविज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार १२:४४

ओलाङचुङगोलामा मौरीले टोक्दा एक घाईते

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा मौरीले टोक्दा एक जना

ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक जना

तेल्लोकमा काम गरि रहेको स्काभेटर काबेली खोलामा डुब्यो

रेडियो काबेली ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा स्काईभेटर दुर्घटना

आदिवासी चलचित्र “चे” को ट्रेलर सार्वजनिक

काठमाडौ । आदिवासी चलचित्र ुचेुको ट्रेलर सार्वजनिक भएको छ ।

शेर्पा संघ अमेरिकाले डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्दै

ताप्लेजुङ । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे